कीर्तिपुरमा नागरिकको मार्चपास

कीर्तिपुरमा नागरिकको मार्चपास

बृहत् नागरिक आन्दोलनले आज कीर्तिपुरमा मार्च पास गरेको छ । शैक्षिक प्रतिगमनविरुद्ध पत्रकार नारायण वाग्ले,नागरिक आन्दोलनका अभियन्ता,लेखक तथा पत्रकार राजेन्द्र महर्जन र आन्दोलनका अगुवा श्याम श्रेष्ठको नेतृत्वमा पाँगा दोबाटोदेखि त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयसम्म मार्च पास गरिएको थियो ।
प्रदर्शनकारीले प्रतिगमन मूर्दावाद, शैक्षिक माफिया होशियार, शिक्षामा निजीकरण बन्द गर, शैक्षिक प्रतिगामन मूर्दावाद, गुणस्तरीय शिक्षा कायम गर, विश्वविद्यालयमा शैक्षिक बेरोजगारको कारखाना कहिलेसम्म ?, विश्वविद्यालयमा दलियकरण बन्द गरलगायतका नारा लगाएका थिए ।

कीर्तिपुरमा मार्च पास

टिप्पणीहरू