लालसेनाको बाटोमा दौडिए १०० गुरिल्लाहरु
माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेकै दिन तत्कालिन लालसेना हिनेकै बाटोमो १ सय जना गुरिल्ला दौडिएका छन् । जनयुद्ध दिवसको अवसरमा जनयुद्धको आधारक्षेत्र मानिएको रुकुम पश्चिममा आयोजना गरिएको गुरिल्ला म्याथनमा भाग लिएका ६५ जना धावकहरु आज गुरिल्लाकै झल्को दिने गरि दौडिएका हुन् ।
जिल्लामा दिवसको अवसरमा आयोजना हुने धेरै कार्यक्रमहरु मध्ये जिल्लाको सानीभेरी गाउँपालिकाले आयोजना गर्ने मौराखारा गुरिल्ला म्याराथन आर्कषणको केन्द्र बन्दै आएको छ । जहाँ फागुन १ गतेकै दिन निधारमा रातो रिवन बाँधेर र मिलिसिया कम्ब्याड लगायका धावकहरु दौडिएका छन् ।
गत चार बर्षदेखि आयोजना हुदै आएको मौराखारा गुरिल्ला म्याराथनमा यस बर्ष पुरुष तर्फ रुकुम पश्चिमका अर्जुन वस्नेत र महिला तर्फ प्युठानकी हुमी बुढामगर प्रथम स्थान प्राप्त गरेका छन् । म्याराथनमा विभिन्न जिल्लाका ६५ जना धावकहरुलाई उछिन्दै जिल्लाको सानीभेरी गाउँपालिकाका अर्जुन पुरुष तर्फ प्रथम भएका हुन् । उनले निर्धारित ४६ किलोमिटरको दुरी ४ घण्टा ३० मिनेटमा पुरा गरेका थिए । त्यस्तै पुरुष तर्फ निर्धारित दुरी ४ घण्टा ५१ मिनेटमा पुरा गर्दै सोलुखुम्बुका सुमन कुलङ दोस्रो हुँदा रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३, का रत्नवहादुर ओली तेस्रो र सानीभेरी ३ कै भुवन ओली सान्त्वना स्थान हाँसिल गर्न सफल भएका छन् । तेस्रो हुने रत्नवहादुरले ४ घण्टा ५६ मिनेट र सान्त्वना हुने भुवनले ४ घण्टा ५९ मिनेटमा दौड पुरा गरेका थिए ।
त्यस्तै आफ्ना ३३ जना प्रतिद्वन्दिलाई पाखा लगाउँदै महिला तर्फ प्रथम हुने प्युठानकी हुमीले निर्धारित ३४ किलोमिटरको दुरी ३ घण्टा १४ मिनेटमा पुरा गरिन् । बर्दियाकी कल्पना थारु दोस्रो र रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३, कि रुपा नकाल तेस्रो हुँदा महिला तर्फ सानीभेरी गाउँपालिका ९ की मुवा भण्डारी सान्त्वना भईन् । दोस्रो हुने कल्पनाले निर्धारित दुरी ३ घण्टा १७ मिनेट, तेस्रो हुने रुपाले ३ घण्टा २० मिनेट र शान्त्वना हुने मुवाले ३ घण्टा ४० मिनेटमा दुरी पुरा गरेक थिए ।

म्याराथनको पूर्व गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको थियो । म्याराथनमा महिला तर्फ ३४ र ६६ जनाले भाग लिएका थिए । रुकुम पश्चिम र पूर्व सहित देशका विभिन्न जिल्लाबाट सहभागिता जनाउन धावकहरु आएको म्याराथनको संयोजन गरिरहेको मौराखारा युवा क्लवले जनाएको छ । पुरुष धावकहरु ४६ किलोमिटरको रुटमा दौडिएका थिए भने महिला धावकहरुले ३४ किलोमिटर दुरी पुरा गरेका थिए ।
पुरुषतर्फ प्रथम आउने खेलाडीलाई नगद ८० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुनेलाई ५५, तेस्रो हुनेलाई ३५ हजार र सान्त्वना हुने खेलाडीलाई नगद १० हजारका साथमा प्रमाण पत्रले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिला तर्फ प्रथम हुनेले नगद ५५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रो हुनेले ४०, तेस्रो हुनेले २० र सान्त्वता हुनेले १० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
जनयुद्ध दिवसका अवसरमा विगत ४ वर्षदेखि गाउँपालिकाले राष्ट्रिय स्तरको गुरिल्ला म्याराथन संचालन गर्दै आईरहेको छ । जनयुद्धका क्रममा तत्कालीन माओवादीका लडाकुहरु हिँडेको बाटैबाटो धावकलाई दौडाएर युद्ध पर्यटनको विकासमा टेवा पु¥याउने लक्ष्यका साथ म्याराथन आयोजना गर्दै आएको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए ।
टिप्पणीहरू