कस्तो कस्तो देख्न पाइन्छ यही नेपालमा

कपिलवस्तुको यशोधरा गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले भर्खर सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहलाई हाजिर हुन नदिन रजिष्टर कब्जा गरेका छन् । गाउँपालिकाको कमाइ हुने सामाजिक विकास शाखा प्रमुख रहेका देवेन्द्र पाण्डे (राजु)बाट उक्त शाखा खोसिन थालेपछि अध्यक्ष रिसले मुर्मुरिएका हुन् । अध्यक्षसँग गोरु बेचेको साइनो जोडेर नाता कायम गरी करारका नासु सरहका जागिरे देवेन्द्रले सामाजिक विकास शाखा हेर्दै आएका थिए । मंसिर पहिलो साता आएका नयाँ अधिकृत सिंहले ६ महिनाअघि सरुवा भई आएर फाँट नपाएका अधिकृत कृष्णनाथ पाण्डेलाई प्रशासन शाखाको जिम्मेवारी दिए । प्रशासन शाखाका रेशमराज शर्मालाई सामाजिक विकास शाखातिर सरुवा गरेपछि अध्यक्ष रिसले आगो भएका हुन् । अध्यक्षको कमाउ धन्दाको नेतृत्व कम्प्युटर सहायक देवेन्द्रले गर्दै आएका छन् । सामाजिक विकास शाखाअन्तर्गत सबै काम ५० प्रतिशत कमिसन दिएर गर्नुपर्ने बाध्यता छ । अख्तियारमा पनि यशोधरामा भए÷गरेका अनियमिततासम्बन्धी उजुरीको चाङ छ ।

नया“ अधिकृतले मंसिर ३ गते तोक लगाएर नयाँ अधिकृत कृष्णनाथलाई प्रशासन फा“टको जिम्मेवारी दिएपछि मंसिर ४ गते अध्यक्ष पाण्डेको निर्देशनमा अधिकृत सिंहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । त्यसपछि नयाँ अधिकृत कार्यालय आउन छाडे । प्रशासन फाँटका अधिकृत कृष्णनाथलाई कुर्सी छाडेर बाहिर गई बस्न भने । असुरक्षाले प्रशासकीय अधिकृत कार्यालय नआएपछि गाउँपालिकाकै पशु विकास अधिकृत अब्दुल सलामलाई निमित्त भएर काम गर्न भने । दुबै जना कांग्रेसी हँुदा मिलेमतोमा काम थाले । निमित्त नदिएको व्यक्तिले निमित्त लेखेर काम गर्न थालेपछि सिडिओ दीर्घनारायण पौडेलले सलामलाई पक्राउ गरेर थुन्ने भन्नासाथ उनी हच्किए । यता, नयाँ आएका प्रशासकीय अधिकृत सिंहले मंसिर ११ गते आफूले कसैलाई पनि निमित्तको जिम्मेवारी नदिएको र स्वघोषित निमित्त भनेर गरेको काम अवैधानिक हुने भनेर विज्ञप्ति निकाले । नयाँ हाकिम ११ र १२ गते कार्यालय गए पनि हाजिर गर्न पाएनन् ।

अध्यक्ष पाण्डे निकै दम्भी छन् । कसैलाई टेर्दैनन् । कांग्रेस जिल्ला अध्यक्ष सुरेन्द्रराज आचार्यसँग पनि उनको तँ–तँ म–म भइसकेको छ । अध्यक्ष आचार्य पनि उनीसँग आजित छन् । अध्यक्ष पाण्डेको व्यवहारले जिल्लामा कांग्रेसीको शिर निहुरिएको छ । गाउँपालिकाको बजेट कमाइ खान पल्केका एक जना पत्रकारिताभन्दा व्यवसाय बढी गर्ने कांग्रेसी शिक्षक पत्रकारलाई समातेर समाचार खण्डन गराउँदै हिँडेका छन् ।

टिप्पणीहरू