कोभिडका मापदण्ड कस्का लागि होला ?

कोभिडका मापदण्ड कस्का लागि होला ?

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लक डाउन गर्‍यो । देश पुरै ठप्प भयो । अझै पनि विद्यालय, कलेज, उद्योग, व्यापार व्यवसाय नियमित संचालनमा आउन सकेको छैन । सरकारले भिडभाड नगर्न भनेको छ । यति मात्र होइन, माक्स नलगाई हिड्नेलाई सय रुपैंया जरिवाना समेत गर्‍यो ।

यी सवै मापदण्ड र नियमको पालना गराउने स्थानीय सरकार प्रमुखले नै नियम उल्लंघन गरे । संक्रमणलाई थप महामारी फैलाउन झुटको खेती गरे ।

नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालका बुवाको ७८ वर्षिय डिल्लीराज रिजालको बाँकेको एक अस्पतालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा कोभिड संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आयो । मंसिर ९ गते उनको मृत्यु भयो ।

कोरोना पोजेटिभको मृत्यु भएमा शवको दाहासंस्कार गर्न सरकारले बनाएको मापदण्ड उल्लंघटन गर्दै मंसिर १० गते बाहानेमा ठूलो भिडभाडका वीच अन्तिम संस्कार गरिएको छ । स्थानीय प्रहरीले पटक पटक कोरोना संक्रमणका बारेमा सोधपुछ गर्दा उनले उत्तर दिनै चाहेनन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिका जनप्रतिनिधिले नै संक्रमण फैलाउन झुटको खेती गरेको भन्दै प्यूठानका चोक–चोकमा चर्चा हुन थालेको छ । दाहासंस्कारमा पार्टीको झण्डा ओडाउन पुगेका नेपाली कांग्रेस जिल्ला पार्टी सभापति अमर प्रसाद भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको एक महिना अघि प्यूठान माण्डवी गाउँपालिका–३ का एक व्यक्तिको चितवनमा उपचारको क्रममा मृत्यु भयो । स्थानीय प्रशासनले कोभिड पोजेटिभ देखिएको भन्दै जिल्ला ल्याउन दिएनन् । उक्त शवलाई दाउन्नेबाट फर्काएर देवदह पुर्‍याई अन्त्यष्टि गरियो ।

बोलवाललाई कानुन नलाग्ने स्थानीयलाई मात्र कानुन लाग्ने भन्दै स्थानीय आक्रोसित छन् ।

टिप्पणीहरू