अदालतमा मुद्दा विचाराधीन, सडकमा जुलुस

अदालतमा मुद्दा विचाराधीन, सडकमा जुलुस

गैरन्यायिक सडक तथा सम्पूर्ण मापदण्ड खारेजी अभियानले मोटरसाइकल र्‍याली गर्ने भएको छ । 

भोलि बिहान साढे ७ बजे काठमाडौंको सिफल चौरबाट र्‍याली निकाल्न लागिएको हो । खोला मापदण्ड खारेजीका लागि राज्यलाई दबाब दिन यस्तो कार्यक्रम आयोजना गरेको अभियानले जनाएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते भौतिक संरचना बनाउन खोला किनारबाट २० मीटर छोड्नुपर्ने व्यवस्थामा २० मीटर थपेर ४० मीटर कायम गर्ने फैसला गरेको थियो । सो फैसलाविरुद्ध अभियानले निरन्तर आन्दोलन गरिरहेको छ । 

फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुनसचिव फणीन्द्र गौतमले सर्वोच्चमा पुनरावलोकनको निवेदन दिएका थिए । हिजो पेशी चढेकोमा न्यायाधीशत्रय डा.नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मिसिल प्रमाण झिकाउने आदेश गरेको छ ।

टिप्पणीहरू