बारुदी सुरुङका निम्ति बिशेष बैठक

बारुदी सुरुङका निम्ति बिशेष बैठक

राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बसेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको कानून, न्याय तथा मानवअधिकार समितिको सभाहलमा बैठक बसिरहेको छ । 

नजिकिँदो प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदशीलतालाई मध्यनजर गर्दै समिति सभापति मायाप्रसाद शर्माको सभापतित्वमा सुरक्षा निकायका अधिकारीहरुसँग बैठक राखिएको जनाइएको छ । 

मध्यान्हबाट शुरु भएको बैठकमा आसन्न निर्वाचनको तयारी र बारुदी सुरुङ तथा विस्फोटक पदार्थले निम्त्याउनसक्ने जोखिमबारे छलफल भइरहेको छ । 

बैठकमा समितिका सदस्यहरु रुक्मिणी कोइराला, श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा बिसी र नरबहादुर बिष्ट, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुरबेदी, सशस्त्रका एआईजी गणेशबहादुर ठाडामगर, नेपाली सेनाका सहायक रथी मनोज थापालगायत सहभागी छन् ।

टिप्पणीहरू