भारतीय पूर्व उच्च सुरक्षा अधिकारीहरु काठमाडौंमा
भारतको सशस्त्र सीमा बल (एसएसबी) का दुई पूर्व महानिर्देशक काठमाडौं आइपुगेका छन् । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको निमन्त्रणामा अवकाशप्राप्त महानिर्देशकद्वय श्रीमती रश्मी शुक्ला र श्रीमती विभा दुबे आज काठमाडौं आएका हुन् ।
उनीहरु इन्डिगो एयरको उडान नम्बर ६ ई १९१५ मा मुम्बईबाट दिउँसो साढे २ बजे आइपुगेका हुन् । भ्रमणका क्रममा नेपाल–भारतबीचको सुरक्षा सहकार्य, अनुभव आदान–प्रदान तथा आपसी सम्बन्ध सुदृढीकरणसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू