आपतकालीन इजलास गठनको रिटमा कारण देखाऊ आदेश

आपतकालीन इजलास गठनको रिटमा कारण देखाऊ आदेश

मुलुकमा आपतकालीन अवस्था आएको खण्डमा तत्काल न्यायिक पहुँचको सुनिश्चित गर्न माग गर्दै परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज सरकारको नाममा कारण देखाउन आदेश दिएको हो । कानुनका विद्यार्थीहरू रोशन आउजी, निकेश नेपाल र विवेक चौधरीले बन्द, सार्वजनिक बिदा वा नियमित इजलास नबस्ने समयमा नागरिकको जीवन, स्वतन्त्रता, सम्मान र सम्पत्तिमा खतरा उत्पन्न हुँदा न्याय नपाउने अवस्था संविधानविपरीत हुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

नेपालको संविधान, २०७२ को धारा २० अन्तर्गतको न्यायको हकअन्तर्गत ‘छिटो तथा आपतकालीन न्यायिक पहुँच’ मा आपतकालीन इजलास समावेश हुने जिकिर गर्दै रिटकर्ताले तत्काल इजलास गठन गर्न माग गरेका छन् । 

२४ सै घण्टा सञ्चालन हुनेगरी सर्वोच्चमा आपतकालीन इजलास गठन गर्नुपर्ने माग छ ।

टिप्पणीहरू