कोशीमा १० मन्त्री ‘आउट’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्री हेरफेर गर्ने सहमतिपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
सरकारमा सहभागी सबै मन्त्रीहरुले राजीनामा दिएपछि कांग्रेसबाट ५ र एमालेबाट ५ जना मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट मन्त्री नियुक्त भएकामा भीम पराजुली, प्रदीप सुनुवार, मानबहादुर लिम्बू, इस्नाइल मन्सुरी र शोभा चेम्जोङ छन् । पराजुलीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँदा सुनुवारले भौतिक तथा पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हाल्दैछन् । लिम्बूले स्वास्थ्य मन्त्रालय र मन्सुरीले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । भने, चेम्जोङले भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।
त्यस्तै, एमालेबाट विदुर लिङथेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, चिन्तन पाठकले खानेपानी तथा सिँचाइ मन्त्रालय, ईन्द्रमणि पराजुलीले कानुन मन्त्रालय र रामकुमार महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उमाकान्त गौतमलाई भने मुख्यमन्त्री कार्यालयमै राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
उनीहरुले अपरान्ह ४ बजे पद तथा गोपनियताकाे शपथ लिँदैछन् ।
टिप्पणीहरू