प्रधानमन्त्रीका श्रीमान र विनोद चौधरी सङ्गै दिल्ली प्रस्थान

प्रधानमन्त्रीका श्रीमान र विनोद चौधरी सङ्गै दिल्ली प्रस्थान

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गाप्रसाद सुवेदी उपचारको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी दिउँसो साढे ४ बजे एअर इण्डियाको उडान नम्बर एआई २२० मा काठमाडौंबाट गएका हुन् ।

सुवेदीको हेरचाहका लागि प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठसँगै गएका छन् । सोही उडानमा नेपाली काँग्रेसका पूर्व सांसद विनोद चौधरी पनि थिए ।

गत बिहिबारदेखि त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पतालमा मुत्ररोगसम्बन्धी प्रोस्टेट रोगको उपचार गराएका सुवेदी थप उपचारका लागि आज भारत गएका हुन् ।

टिप्पणीहरू