वीरगञ्जमा लम्बियो कर्फ्यू
पर्साको वीरगञ्जमा जारी कर्फ्यू फेरि लम्बिएको छ । धार्मिक सद्भाव भड्किन नदिन हिजो साँझदेखि लगाइएको कर्फ्यू आज साँझ ६ बजेसम्मका लागि थप गरिएको हो ।
गत शनिबार धनुषामा मस्जिद तोडफोडसँगै धार्मिक ग्रन्थ जलाइएपछि वीरगञ्जमा सुरक्षा चूनौती बढेको छ । मुस्लिम र हिन्दु समुदाय एकअर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले हिजो साँझदेखि लगाएको कर्फ्यू कायमै राखेको छ ।
वीरगञ्ज महानगरपालिकाअन्तर्गत पूर्वमा बसपार्क, नगबा, ईनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म कुनै पनि भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउनेगरी कर्फ्यू लगाइएको छ ।
प्रशासनले कर्फ्यूको बेला सुरक्षाकर्मीले गोली हान्न नसक्ने भएकोले अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन र निस्किनु परेमा सुरक्षाकर्मीसँगको समन्वय वा १०० मा फोन गरेर मात्र बाहिर निस्कन अनुरोध गरेको छ ।
टिप्पणीहरू