नोबेल पुरस्कार निर्णायकले रोजे चीन

नोबेल पुरस्कार निर्णायकले रोजे चीन

युरोपेली विभिन्न मुलुकमा ३५ वर्ष काम गरेका रसायनशास्त्रका नोबेल पुरस्कार निर्णायक तथा रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका सदस्य माइकल ओलिभबर्ग चीनको कुआङ्सी मेडिकल विश्वविद्यालयको अस्पतालमा आवद्ध भएका छन् । चीनमा रहेर उनी अस्पतालको पूर्णकालीन सेवामा संलग्न भएका हुन् ।

ओलिभबर्ग झण्डै दुई दशकसम्म स्थायी प्राध्यापकका रूपमा स्विडेनको स्टकहोम विश्वविद्यालयको जैविक रसायन तथा जैविक भौतिक विज्ञान विभागमा कार्यरत थिए । डिसेम्बर १६ मा चीनमा आयोजित सम्झौता हस्ताक्षर समारोहमा उनलाई कुआङ्सी मेडिकल विश्वविद्यालयका उपकुलपति लि लाङले औपचारिक रूपमा स्वागत गरेका हुन् ।

हङकङबाट प्रकाशित हुने चाइना साउथ मर्निङ पोष्टका अनुसार विश्वप्रख्यात वैज्ञानिक ओलिभबर्गको नियुक्तिलाई विश्वविद्यालयले अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र चिकित्सकीय शिक्षाको स्तर उकास्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

टिप्पणीहरू