पेट्रोलका लागि भेनेजुएलामा नाङ्गो नाच
अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर मुलुक बाहिर पुर्याएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा सगौरव अर्को स्वाधिन मुलुकमाथि सैनिक आक्रमण गरेर राष्ट्रपतिलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
भेनेजुएलामा लामो समयदेखि अमेरिकी प्रतिबन्ध,कूटनीतिक दबाब जारी छ । सन् २०१९ मा हुआन गुइदो प्रकरणपछि अमेरिका–भेनेजुयला सम्बन्ध अत्यन्त तनावपूर्ण अवस्थामा छ ।
मदुरो सरकारविरुद्ध अमेरिकाले आर्थिक नाकाबन्दी,कूटनीतिक बहिष्कार र विपक्षीलाई समर्थनजस्ता उपाय असफल भएपछि प्रत्यक्ष शक्ति प्रयोग गरेको छ । अन्तर्राष्ट्रिय कानुनको नाङ्गो नाच स्वरुप राष्ट्रप्रमुखलाई अपहरण शैलीमा पक्राउ गरिएको छ ।
भेनेजुयलामाथिको अमेरिकी हस्तक्षेपविरुद्ध विश्वभरबाट विरोध गरिएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार सार्वभौम राष्ट्रका निर्वाचित राष्ट्रप्रमुखलाई जबर्जस्ती पक्राउ गर्नु गम्भीर उल्लंघन हो ।
अमेरिकाको पछिल्लो आक्रमणले तेल र रणनीतिक स्रोतले भरिएको भेनेजुयलामा उसको भूमिका लोकतन्त्र प्रवर्धन हो कि भूराजनीतिक स्वार्थ ? भन्ने गम्भीर प्रश्नलाई बाहिर ल्याएको छ ।
अरु देशमाथि अमेरिकाले यसखाले हमला गर्दा युक्रेनमाथिको रुसी आक्रमण र आफ्नै भूमि ताइवान फर्काउन चीनले कुनै कदम चालेमा बोल्ने ठाउँ रहन्छ रहन्न प्रश्न उठेको छ ।
https://www.facebook.com/share/v/1Hd49gmqpn/

टिप्पणीहरू