प्रधानमन्त्रीका पतिलाई नयाँ दिल्ली लगिँदै
प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएकाे छ। पिसाबमा संक्रमण देखिएपछि गत बिहिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनलाई उत लैजान लागिएको हो ।
प्रधानमन्त्री कार्कीका निजी चिकित्सक डा. मनबहादुर केसीका अनुसार सुवेदीलाई लामो समयदेखि प्रोस्टेटकाे समस्या थियो । केसीकै सल्लाहमा सुवेदीलाई त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरेर नयाँ दिल्ली लैजान लागिएको बुझिएको छ ।
सुवेदीसँगै परिवारका अन्य केही सदस्यहरु पनि नयाँ दिल्ली जाने बताइन्छ ।
टिप्पणीहरू