कुलमानको ‘उज्यालो नेपाल’,भाञ्जाले मामा "बेच्दा" अन्धकार

कुलमानको ‘उज्यालो नेपाल’,भाञ्जाले मामा "बेच्दा" अन्धकार

ऊर्जामन्त्री कुलमान घिसिङ आवद्ध ‘उज्यालो नेपाल’ पार्टीभित्रको गम्भीर आन्तरिक विवाद सतहमा आएको छ । पार्टीकै नेताहरूले घिसिङका साख्खै भाञ्जा डा. राम लामाले राजनीतिक बिचौलियाको आवरणमा आफ्नै मामालाई रवि लामिछाने नेतृत्वको रास्वपामा पुर्याएको आरोप लगाएका छन् ।

समानुपातिक उम्मेदवारहरुको सूची छनोटका क्रममा कुलमानले सिफारिस गरेका १८ जनामध्ये रास्वपाले १४ जना समेटेर चार जनालाई फ्याँकिदिएको थियो । बाँकी १४ जनामध्ये पनि अधिकांशलाई बन्द सूचीको पुछारमा राखिएबाट भोलि प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा ब्रेक लागेको उज्यालोका नेताहरुको ठहर छ ।

तिनैमध्येका एक जनाले भने, ‘१८ जनाको सूची १४ मा सीमित हुनु,चार जना पूर्ण रूपमा हटाइनु र बाँकी १४ जनालाई समेत सूचीको अन्त्यतिर राखिनुले उज्यालो नेपालको केन्द्रीय समितिमा रहेका सबै असन्तुष्ट छन् ।’ हटाइएकाहरुमा सोलुखुम्बुकी लाक्पा फुटी शेर्पा,नुवाकोटकी देवकी पौडेललगायत चार जना छन् ।

‘१८ जनाको सूची १४ मा सीमित हुनु,चार जना पूर्ण रूपमा हटाइनु र बाँकी १४ जनालाई समेत सूचीको अन्त्यतिर राखिनुले उज्यालो नेपालको केन्द्रीय समितिका साथीहरू असन्तुष्ट छन् ।’ हटाइएकाहरुमा सोलुखुम्बुकी लाक्पा फुटी शेर्पा,नुवाकोटकी देवकी पौडेललगायत चार जना छन् । 

तर दलित महिला कोटामा रहेकी रिमा विश्वकर्मालाई मात्रै पहिलो नम्बरमा राखेर कसैलाई हटाइनु र अरुलाई पछाडि पार्नुले उज्यालोलाई अहिले अँँध्यारो बनाइएको भन्न थालिएको छ । पार्टी नेतृत्वको वरीयतामा कुलमानलाई दोस्रो नम्बरमा राखेको भनिए पनि व्यवहारिक निर्णयमा डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबाट काम तमाम गर्न थालिएपछि कुलमानसमेत आगो बनेको बताइन्छ ।

यसै विषयलाई लिएर हिजो काठमाडौंको कमलपोखरीमा बालेन्द्र साह,रवि लामिछाने र कुलमानबीच भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । उज्यालो नेपालका नेताहरु वार्ताको मुख्य एजेन्डा १८ जनाको सूचीमा रहेका नामलाई समानुपातिक बन्दसूचीको अग्रस्थानमा राख्नैपर्ने भन्ने थियो । तर विषयान्तर गरिएपछि सहमति नजुटेको र बैठक भाँडिएको बताइन्छ ।

रवि समूहको डरलाग्दो योजनाबारे बताउँदै उज्यालो नेपालका एकजना केन्द्रीय पदाधिकारी भन्छन्, ‘बौद्धमा भइरहेको बैठकबाट कुलमानलाई सुधन गुरुङले अपहरण शैलीमा लैजानुले नै आशंका बढाएको थियो । उता चुनावै नभएको अवस्थामा बालेनलाई उधारो प्रधानमन्त्रीको आश्वासन दिनुले पनि परिस्थितिको आकलन गर्न सकिन्थ्यो । ’

यता, रास्वपाको उपसभापति तोकिएका कुलमानले अस्तिदेखि नै सरकार छाड्नुपर्ने माग स्वयम् रवि निकटस्थहरुले गर्न थालेका छन् । कुलमान निकटस्थ एकजनाले बताए, ‘उहाँको भानिज डा.राम लामा रवि, सुधन,बालेनलगायत राजनीतिक बिचौलियाको प्रभावमा परेका थिए । कुलमानलाई रास्वपामा झोसेपछि जनजाति कोटाको १ नम्बरमा नाम राखिदिने आश्वासन पाएर यो सबै खेल भएको हो । अब भाञ्जाले मामा बेचेका होइनन् भनेर भन्न नसकिने स्थिति बनेन ।’

टिप्पणीहरू