कसलाई दिएछन् रविले त्यस्तो निर्देशन ?

कसलाई दिएछन् रविले त्यस्तो निर्देशन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तीन दिनअघि पोखरा पुगेर समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउन निर्देशन दिइसकेको बताएका थिए । श्रीमती निकिता पौडेलको जन्मदिन मनाउन मंगलबार पोखरा पुग्ने क्रममा विभिन्न कारणबस सूचीमा त्रुटि देखिएको स्वीकार्दै त्यसलाई सच्चाउन आफूले निर्देशन दिएको उनको जिकिर थियो ।

उनले भने, ‘मैले निर्देशन दिइसकेको छु ।’ तर त्यो निर्देशन कसलाई भन्नेबारे केही खुलाएका थिएनन् । अहिले सबै राजनीतिक दलको सूची निर्वाचन आयोगमा छ । 

यता निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको मिति तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फको बन्दसूची दलहरूले पुस १३ र १४ गते आयोगमा पेस गरेका थिए ।

रविको निर्देशन सच्याउन पार्टीभित्रको टोलीलाई सूची बुझाउनुअघि अवसर थियो । त्यो हातबाट फुत्किसक्यो,निर्वाचन आयोगमा दलको निर्देशन चल्दैन । यस्तो भएपछि रविको निर्देशन कता लाग्ने रहेछ या त्यो पनि अर्को झूठ हो ! डा.तोसिमा कार्कीहरु अन्यौलमै देखिन्छन् ।
 

पहिले जथाभावी नाम राखेर बुझाइएको सूची संशोधन गर्नेबारे आफ्नो दलभित्र छलफल नगरेका उनले लोकप्रियताको लागि पोखरा पुगेर ‘कहिलेकाहीँ तलमाथि हुन सक्ने भएकाले सच्याउन सकिन्छ’ भनेका थिए । काठमाडौंका मेयर बालेन साह,ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग मिलेर सोमबार मध्यरातमा बुझाइएको सूचीमा रहेका कतिपयको नाममा स्वयम् उम्मेदवारहरुले आपत्ति जनाएका छन् । पुराना राजनीतिक दलमाथि अनेक विशेषण थोेपरेको रास्वपालाई विशेषगरी साह र घिसिङ निकटस्थहरुलाई रविका मान्छेभन्दा पछाडि राखिएको,नातावाद हावी भएको आरोप लागेको छ ।

यसवीच कार्यवाहक प्रमुख निर्वाचन आयुक रामप्रसाद भण्डारीले क्लस्टर नमिलेको बाहेक अरु नाम संशोधन हुन नसक्ने बताइसकेका छन् । रविको निर्देशन सच्याउन पार्टीभित्रको टोलीलाई सूची बुझाउनुअघि अवसर थियो । त्यो हातबाट फुत्किसक्यो,निर्वाचन आयोगमा दलको निर्देशन चल्दैन । यस्तो भएपछि रविको निर्देशन कता लाग्ने रहेछ या त्यो पनि अर्को झूठ हो ! डा.तोसिमा कार्कीहरु अन्यौलमै देखिन्छन् ।

टिप्पणीहरू