हिजाेकाे रिट आज पनि ‘हेर्दाहेर्दै’

हिजाेकाे रिट आज पनि ‘हेर्दाहेर्दै’

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटउपरको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’ मा परेको छ । न्यायाधीशद्धय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा भएको सुनुवाई नसकिएपछि मंसिर १५ गतेका लागि अर्को पेशी तोकिएको हो । 

हिजो पनि हेर्दाहेर्दैमा परेको सो मुद्दा आज सुनुवाईका निम्ति राखिएको थियो । नेकपा एमाले संसदीय दलका नेता यादवको मुख्यमन्त्रीमा नियुक्ति गैरसंवैधानिक रहेको जिकिर गर्दै सात दलको तर्फबाट गत कात्तिक २५ गते सर्वोच्चमा रिट दायर भएको थियो । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार बन्ने अवस्था हुँदाहुँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले उपधारा ३ अनुसार यादवलाई मुख्यमन्त्री बनाएर संविधानको मर्म विपरीत काम गरेको रिट निवेदकहरूको जिकिर छ ।

टिप्पणीहरू