घनश्याम र चन्द्रदेवबीच एकता हुँदै

घनश्याम र चन्द्रदेवबीच एकता हुँदै

नेकपा (एकीकृत समाजवादी) बाट छुटेका र नेपाली कम्युनिष्ट पार्टीमा नगएका घनश्याम भुसालको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशीको नेकपा (संयुक्त) बीच एकता हुने भएको छ । 

आज दिउँसो १२ बजे राजधानीको त्रिपुरेश्वरस्थित भिष्मा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्न लागिएको हो । पार्टीको चुनाव चिन्ह हँसिया रहेको छ । 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि घनश्याम भने त्यता नगई पुनर्गठन अभियानमा लागेका थिए ।
 

टिप्पणीहरू