एमाले पूर्वसचिव नेकपामा प्रवेश
दोलखाका पूर्वएमाले सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनको प्रवेशसँगै जिल्लाको वाम–राजनीतिक समीकरण पुनः तरंगित भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले दुलाललाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् ।
दुलालले एमालेभित्र वामआन्दोलनको एकीकृत यात्राको सम्भावना नदेखिएकाले आफू नयाँ यात्रामा लागेको टिप्पणी गरेका छन् । दुलालको पार्टी परिवर्तनले दोलखा एमालेभित्रको असन्तुष्टि सतहमा आएको अर्थ लगाइएको छ ।
टिप्पणीहरू