मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । आज अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । 

वर्तमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदको कारण पर्सि (मंसिर १०)बाट अनिवार्य अवकाशमा जान लागेको कारण सरकारले त्यसअघि नै अर्याललाई नियुक्त गरेको हो । 

हाल रक्षा सचिवको जिम्मेवारीमा रहेका अर्यालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायतका ठाउँमा सचिवको भूमिका निर्वाह गरेको अनुभव छ ।

टिप्पणीहरू