यसलाई सलामी भन्ने कि मलामी !

यसलाई सलामी भन्ने कि मलामी !

फौजी भएर पनि बन्दुक हान्न र सलामी गर्न नजान्नेहरू बेलाबखत खिसिट्युरीको पात्र बन्ने गरेका छन् । पछिल्लो दशैंताका आयोजित फूलपाती बढाइँ कार्यक्रममा सहभागी सेना, सशस्त्र र प्रहरीको उच्च ओहोदाका वरिष्ठ अधिकृतहरूले दिएको सलामी हेर्दा यिनलाई सलामी सिकाउने गुरुबा र ओस्ताज (उस्ताज)हरू तीन बल्ड्याङ खाने खतरा बढेको छ ।

राष्ट्रिय गानमा सलामी दिँदा कसैले पाँच औंला ठ्याप्पै पारेर, कसैले पाँचै औंला पाँच दिशामा छरेका छन् । यस्तै पात्र हुन्– एसएसपी प्रवीण कँडेल । नेपाल प्रहरीको ओभरसियरबाट सशस्त्र प्रहरीमा समायोजित प्राविधिक धारका अधिकृत उनी पाँच औंला फिँजाएर हाँसको बीचमा बकुल्ला बनेका हुन् । यो सलामीले उनलाई गैर पेशागतजस्तो देखाएको छ । शैली हेर्दा जो–कोहीलाई सलामी दिएको हो कि ‘बाईबाई’ गरेको हो, ठम्याउन गाह्रो पर्छ । 
गत हप्ता मात्रै पनि बढुवा र सरुवाका लागि राजनीतिक दौडधुप गर्नेलाई आइजिपी राजु अर्यालले कारवाही गर्ने निर्देशन जारी गरेका छन् । उता अहिले हल्चोकमा डिआइजी बन्न कुद्नेहरुलाई भ्याइनभ्याइ छ । कँडेल बाँकेको नौबस्ता तालिम केन्द्रमा कमाण्डेन्ट हुँदा एक जना रिक्रुटको मृत्यु भएको थियो ।

यिनैले असारको ११ र १२ गते काठमाडौंमा सम्पन्न वरिष्ठ अधिकृतहरूको सम्मेलनमा सरुवा–बढुवामा पैसाको चलखेल भएको र भ्रष्टाचार बढेको भन्दै तीव्र आलोचना गरेका थिए । त्यसको एक हप्तापछि उनीसँग विभागले स्पष्टीकरण माग गरी कारवाहीसमेत भएको थियो । त्यसो त उनको सलामीलाई हेर्दा सिपाहीहरूले सलामीको मलामीजस्तै देखिएको भनेका छन्् । कँडेल हेडक्वार्टरकों कार्यविभागमा कार्यरत छन् । 

टिप्पणीहरू