मोटरसाइकल चाेरकाे साथमा लागुऔषध
‘चौटा खान गएकी, झोलमा डुबी मरी’ भनेझैं गएराति चितवनमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल र प्रोमेथसहित नियन्त्रणमा लिइएका युवक अर्काको घरमा मोटरसाईकल चोर्न जाँदा फेला परेको बताइन्छ ।
रातको नौ बजे भरतपुर–९ बसपार्क नजिक रामचन्द्र आचार्यको घरभित्र पार्किङ गरी राखेको ना४५प ७१४२ नं को मोटरसाईकल चोरी गर्न खोज्ने क्रममा भरतपुर–१४ बस्ने २२ वर्षीय सितल विकलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिइएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रबिन्द्र खनालका अनुसार प्रहरी चौकी नारायणगढबाट सहायक निरीक्षक इन्द्रनारायण श्रेष्ठको कमाण्डमा खटीगएको टोलीले नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट लागुऔषध ट्रामाडोल २२४ पिस, प्रोमेथ २२० पिससहित नगद रु. १५ हजार २६० र एउटा सामसुङ मोबाइलसमेत बरामद भएको जानकारी छ ।
– अजय गोर्खाली
टिप्पणीहरू