एनपीएलका सट्टेबाजहरु प्रहरी खोरमा

एनपीएलका सट्टेबाजहरु प्रहरी खोरमा

पाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ परेका छन् । भारतको हरियाणा रानीमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई हाल भारत बस्ने २४ वर्षीय रेविकासिंह ठकुरी समातिएका हुन् । 

उनीहरुले एनपीएलमा सहभागी ‘खेलाडीलाई स्पोन्सर गर्छौं’ भन्दै ह्वाट्स एप, इन्स्टाग्राममार्फत सम्पर्क गरी सट्टेबाजी गराएको प्रहरीको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो उनीहरुलाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हो । दुवै जनालाई आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू