रुपन्देहीमा दिँउसै गोली प्रहार, सुरक्षाकर्मी घाइते

रुपन्देहीमा दिँउसै गोली प्रहार, सुरक्षाकर्मी घाइते

रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ स्थित निर्माणा होटल परिसरमा एक जनामाथि गोली प्रहार भएको छ । परिसरमा रहेको स्टार क्यासिनोमा कार्यरत २७ वर्षीय सेक्युरिटी गार्ड मीनबहादुर परियारको दाहिने खुट्टामा गोली लागेको हो ।

वडा नम्बर–३, दरखसवा बस्ने ३२ वर्षीय सञ्जय गुप्ता आज दिँउसो लुम्बिनी प्रदेश ०१–००८ प ६९४७ नम्बरको मोटरसाइकलमा होटलको परिसरबाट निस्किँदै थिए । सोही क्रममा भारतीय मूलको जस्तै देखिने दुई जनाले मोटरसाइकल लडाएर उनलाई कुटपिट गरेका हुन् ।  

उनलाई गोली हानेकोमा बुटवल उपमहानगरपालिका–१५, चम्किपुर घर भएका परियारलाई लागेको हो । परियारलाई तुरुन्तै भिम अस्पताल लगिएकोमा उपचारपश्चात फर्किएका छन् भने गोली प्रहार गर्नेहरु फरार भएका छन् । 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको डेढ सय प्रहरीले रुपन्देहीका सबै नाका बन्द गरेर चेकजाँच गरिरहेका छन् । मोटरसाइकल चालक गुप्तासहित १७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू