हिमपहिरोमा मृत्यु हुनेको संख्या सात, उद्धारमा कठिनाई

हिमपहिरोमा मृत्यु हुनेको संख्या सात, उद्धारमा कठिनाई

दोलखाको हिमपहिरोमा मृत्यु हुनेको संख्या सात पुगेको छ । गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको आधार शिविरमा हिमपहिरो जाँदा पाँच विदेशी र दुई नेपालीको ज्यान गएको छ । 

हिमपहिरोमा अझै केही पर्यटक बेपत्ता हुनसक्ने दोलखाका सहायक जिल्ला अधिकारी औलाखबहादुर आलेले जनआस्थालाई जानकारी दिए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरुको खोजी कार्य गरिरहेको छ ।

‘अझै तीन चार जना बेपत्ता रहेको भनिएको छ । अहिले पनि हिमपात भइरहेकाले खोजी कार्यमा केही कठिनाई भएको खबर छ’, उनले भने, ‘हिमपहिरो गएको ठाउँसम्म पुग्ने विकल्पबारे छलफल गरिरहेका छौँ ।’

टिप्पणीहरू