फेवातालमा डुङ्गा दुर्घटना, तीन जनाको उद्धार
फेवातालमा भएको डुङ्गा दुर्घटनामा तीन जनाको उद्धार गरिएको छ । डुङ्गामा रहेका स्थानीय आमबोटघाटका ४० वर्षीय महेश सुनार, बुटवल उपमहानगरपालिका–३ का ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारूको सकुशल उद्धार गरिएको जनाइएको छ ।
दुर्घटनापछि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरस्थित सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो।
टिप्पणीहरू