विध्वंशमा भागेका कैदीबन्दीको राहदानी कालोसूचीमा

विध्वंशमा भागेका कैदीबन्दीको राहदानी कालोसूचीमा

जेन जी प्रदर्शनको नाममा मच्चाइएको विध्वंशको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुको राहदानी (पासपोर्ट) कालोसूचीमा राखिएको छ । भागेपछि हालसम्म कारागार नफर्किएका कैदीबन्दीहरुको पासपोर्ट कालोसूचीमा राखिएको छ । 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार १७४ जना कैदीबन्दी अझै बाहिरै छन् । त्यसमा पाँच सय बढी भारतीय र एक सय अन्य मुलुकका नागरिक छन् । विभागले पासपोर्ट कालोसूचीमा राख्न कैदीबन्दीको नाम सिफारिस गरेकोमा अध्यागमन विभागले राखिसकेको छ । 

जनआस्थासँग उनले भने,‘कारागार नफर्किएका कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको हो । उनीहरुको खोजी पनि जारी छ ।’ प्रदर्शनको मौका छोपेर देशभरका २६ कारागारबाट १३ हजार ५८९ कैदीबन्दी भागेका थिए । तीमध्ये झण्डै साढे नौ हजार कारागार फर्किएका छन् ।

टिप्पणीहरू