कल्याणलाई रास्ट्रपति बनाउन यो सब खेल चलेकै हो ?

कल्याणलाई रास्ट्रपति बनाउन यो सब खेल चलेकै हो ?

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको प्रारम्भिक सुनुवाइ अघि बढेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भएको हो । इजलासमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू डा. कुमार रेग्मी,हरि फुयाल र डा. मनोजकुमार शर्मा छन् । 

आजको सुनुवाइमा रिट निवेदकहरूको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले सरकारको संवैधानिक हैसियतमाथि कडा प्रश्न उठाएका छन् । त्यसक्रममा उनीहरुले कार्की नेतृत्वको सरकार गठन र उनको सिफारिसमा भएको संसद विघटन गैरसंवैधानिक रहेको जिकिर गर्दै अन्तरिम आदेशको माग गरेका थिए ।

ओलीको चाहनाअनुसार प्रतिनिधि सभा पुनर्स्थापना गरी तोकिएकै मितिमा नयाँ निर्वाचन गर्ने र निर्वाचनपछि निजलाई राष्ट्रपति बनाउने रोडम्याप बनेको स्रोतको दावी छ । 

तर,न्यायाधीशहरूले भने अन्तरिम आदेश जारी हुनु पर्ने वा नपर्ने विषयमा बहस केन्द्रित गर्न आग्रह गरे । बहसकर्ताले सरकार गठनको आधार र संवैधानिक प्रावधानबारे धारणा राख्दा इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने कारण प्रष्ट्याउन पटक-पटक आग्रह गरेको बताइएको छ ।  

बहस सकिएपछि आजै संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ । आज लिखित जवाफ मगाउने र दूरगामी असर पर्ने निर्णय नगर्न आदेश आउने सम्भावना रहेको बताइन्छ । 

रिटकर्ता र कानुन व्यवसायीहरूले गरेको बहस र न्यायाधीशहरूले सोधेका प्रश्नलाई केलाउँदा त्यस्तो सम्भावना देखिएको एकजना रिटकर्ताले बताए । 'समग्रमा हेर्दा रिट निवेदकको मागअनुसार पछि अन्तरिम आदेश जारी हुनेजस्तो लाग्छ', उनले भने, 'तर आज लिखित जवाफ माग्ने,जवाफ आइसकेपछि तुरुन्त सुनुवाइ अघि बढाएर एक महिनाभित्र 'वार कि पार' गर्ने मुडमा श्रीमानहरू रहेको बुझिन्छ ।' 

यता,न्यायालयमा 'समानान्तर सत्ता' चलाउने गरेको आरोप लागेका एकजना पूर्वप्रधानन्यायाधीश 'फ्याक्टर' पनि यो मुद्दामा निर्णायक हुनसक्ने विश्वासिलो स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार ती पूर्वप्रधानन्यायाधीशले हालै एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए ।

भेटमा ओलीको चाहनाअनुसार प्रतिनिधि सभा पुनर्स्थापना गरी तोकिएकै मितिमा नयाँ निर्वाचन गर्ने र निर्वाचनपछि निजलाई राष्ट्रपति बनाउने रोडम्याप बनेको स्रोतको दावी छ ।

टिप्पणीहरू