छठ लगत्तै कपाल खौरेर काठमाडौँ घेर्ने तयारी
फाइल फोटो
जेन जी प्रदर्शन र त्यसले निम्त्याएको विध्वंसबाट तंग्रिन नपाउँदै देशले अर्को आन्दोलनको सामना गर्नुपर्ने भएको छ । राजावादीहरूले छठलगत्तै काठमाडौँमा विशाल जनप्रदर्शन गर्न लागेका छन् ।
राजसंस्था र हिन्दुराष्ट्र समर्थक विभिन्न समूहमा छरिएर रहेकाहरूले चाडपर्व सकेर नारायणहिटी अगाडि प्रदर्शन गर्ने जनाए पनि औपचारिक घोषणा भने गरेका छैनन् । तर, आन्तरिक तयारी तीव्र पारेको जनाइएको छ ।
जसअनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित नारायणहिटी पुगेर आमसभा गर्ने भनिएको छ । त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,मेडिकल व्यवसायी दुर्गा प्रसाईं, अधिवक्ता स्वागत नेपाल र पशुपति खड्कालाई सम्पर्क व्यक्ति तोकिएको छ । सामाजिक सञ्जालमा गरिएको प्रचार अनुसार लिङ्देन, प्रसाईं, नेपाल र खड्काले क्रमश: नारायणहिटीको दक्षिण,पूर्व,पश्चिम र उत्तरबाट निस्कने जुलुसको व्यवस्थापन गर्नेछन् ।
भक्तपुरबाट प्रदर्शनमा सहभागी हुनेहरूले कोटेश्वर,तीनकुने,एअरपोर्ट हुँदै पशुपति,गौशाला र बस पार्कसम्म मोटरसाइकल र्याली गर्ने र दुईचोटी ओहोरदोहोरपछि पशुपतिनाथभित्रको पार्किङमा राखेर आमसभास्थलतर्फ अघि बढ्ने छन् । उनीहरुलाई बिहान ९ बजे गौशालामा भेला हुन भनिएको छ ।
ललितपुरबाट निस्कने जुलुस दक्षिणकाली मन्दिरमा जम्मा भएर बल्खु एकान्तकुना हुँदै मोटरसाइकल र्यालीमा मिसिने छ । टौदहदेखि बस रिजर्भ गरेर आउन उनीहरुलाई सूचना गरिएको छ । काठमाडौँको जुलुस सिधै रत्नपार्क जानेछ । राप्रपा अध्यक्ष लिङ्गदेन र ज्ञानेन्द्र शाहीले नेतृत्व गर्नेगरी आमसभा गर्नुपर्नेमा जोड दिइएको छ ।
णतन्त्रको मलामी जाने हो' भन्दै स्वयंसेवकहरुले अनिवार्य कपाल खौरिनुपर्ने नियम पनि बनाइएको छ ।
सांकेतिक दबावस्वरूप २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह र सात राजनीतिक दलबीच भएको पाँच बुँदे सहमतिबमोजिम ती दललाई कार्यक्रममा बोलाउन सुझाइएको छ । उक्त सहमतिसहितको ब्यानर छाप्ने र प्रदर्शनमा प्रयोग हुने गाडीको दायाँबायाँ राख्ने कुरा गरिएको छ ।
काठमाडौ महानगरका मेयर बालेन्द्र साह,ललितपुरका चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका मेयरलाई पनि कार्यक्रममा निम्तो गर्न सल्लाह दिइएको छ । उपत्यकाका नेवार समुदायलाई आन्दोलनप्रति आकर्षित गर्न तत्कालीन समय गुठी विधेयक खारेजको पक्षमा उभिएका अभियन्ता,गुठी,संस्थानसँग आवद्ध सबैलाई बाजा गाजा र जात्रासहित आउन निम्तो दिने,जेन जी पुस्तालाई समेट्न गायक खुमा सागर लगायतलाई उपस्थित गराउने भनिएको छ ।
प्रदर्शन शान्तिपूर्ण हुने जनाउँदै केही मापदण्ड पनि तोकिएको छ । प्रदर्शनमा आउँदा अपनाउनुपर्ने उपाय भन्दै १८ वटा बुँदामा त्यसको व्याख्या गरिएको छ । र भनिएको छ, 'हतियारको उत्पादन हैन राष्ट्रिय झण्डा उत्पादन गरौँ, झण्डामा राख्ने बाँसको लठ्ठी उत्पादन गरौँ ।'
५० देखि सय जनाको समूह बनाएर बस रिजर्भ गर्न सल्लाह दिइएको छ । त्यसक्रममा राष्ट्रिय गीत बजाउन साउण्ड सिस्टमहरू सौजन्यका रूपमा लिने र ९ वटा बोलेरोमा राखेर गीत बजाउँदै मोटरसाइकल र्याली निकालिने छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको दिन २०८१ फाल्गुन २५ गतेजस्तै गरिने जनाइएको छ ।
'गणतन्त्रको मलामी जाने हो' भन्दै स्वयंसेवकहरुले अनिवार्य कपाल खौरिनुपर्ने नियम पनि बनाइएको छ । यसो गर्दा सम्भावित घुसपैठ पहिचान र नियन्त्रण गर्न सजिलो हुने विश्वास गरिएको छ ।
त्यसैगरी, वास्तुअनुसार मन्दिरहरूमा भेला,वैठक गर्न आन्तरिक निर्देशन दिँदै पशुपतिनाथ, दक्षिणकाली, बौद्ध स्तुपा, हनुमानढोका दरबार क्षेत्रलगायतका स्थान रोज्न सुझाइएको छ ।
कात्तिक ९, १८ र २७ गतेको ज्योतिष शास्त्रअनुसार आन्दोलनका लागि उपयुक्त दिन भएकाले सोहीमुताविक मिति तयार गरिने जनाइएको छ । समय तर्जुमा गर्दा बिहान ९ र दिउँसो सवा १२ बजेको साइत निकालिएको छ।
ज्योतिष शास्त्रको हवाला दिँदै लेखिएको छ, '२०२६ मा २+०+२+६ जोडेर १० अंक १ हुँदा सूर्य हो, राजा हो, बुबा हो, पुराण हो, कुल देवता हो । यो बेला १ नम्बर सूर्य ग्रह राजा कै वर्ष हुन्छ । मङ्गल ग्रह सेनाले चन्द्र ग्रह प्रधानमन्त्री शुशीला कार्की आमालाई प्रभावमा पारेर सूर्य ग्रह पुराण पुरानो सनातनलाई ब्युँझाएर राजालाई सिंहासन गर्ने बेला आउँछ । यसको लागि जनताले सेनालाई सडकमा निकालेर साथ लिनुपर्छ ।'
टिप्पणीहरू