जापानी वैज्ञानिकले रोजे चीन
जापानका एकजना वरिष्ठ एवम् प्रतिष्ठित रसायनशास्त्रीले चिनियाँ विश्वविद्यालय रोजेका छन् । प्राध्यापक एइची नाकामुरा चीनको नानकाई विश्वविद्यालयको चेयर प्रोफेसरमा नियुक्त भएका छन् ।
५० वर्ष लामो वैज्ञानिक करियरमा नाकामुराले जापानको सबैभन्दा उच्च सम्मानमध्ये एकसहित असंख्य वैज्ञानिक पुरस्कार तथा मान्यता प्राप्त गरेका छन्।
साउथ चाइना मर्निङ पोष्टका अनुसार यसअघि टोकियो विश्वविद्यालयका प्राध्यापक नाकामुराको अनुसन्धान सिन्थेटिक र फिजिकल केमिस्ट्री क्षेत्रमा केन्द्रित छ । त्यसमा उनले जैविक र गैर कार्बनिक पदार्थका कार्य र तिनीहरूको आणविक स्तरमा हुने परस्पर क्रियाको लामो अध्ययन गरेका छन् ।
टिप्पणीहरू