नक्कली जेन जी शाहीलाई समात्ने तयारी

नक्कली जेन जी शाहीलाई समात्ने तयारी

आफूलाई जेन जी अगुवा बताउँदै सरकारी कार्यालयका कर्मचारीलाई थर्काउँदै हिँड्ने अर्जुनकुमार शाहीलाई प्रहरीले समात्ने तयारी गरेको छ । 

बैकिङ कसूर र ठगिका विभिन्न घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर गरेको बुझिएको छ । शाहीविरुद्ध गत वैशाखमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । 

उनीमाथि युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको, बाउन्स चेक भिडाएको आरोप छ । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा शीतल निवास समेत पुगेका शाही ठगीका घटनामा संलग्न रहँदै आएको तथ्य खुलासा भएसँगै प्रहरीले निगरानी बढाएको थियो ।

तर, पक्राउ पर्ने चाल पाएसँगै उनी अहिले बेपत्ता रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ । अस्तिसम्म सरकारी अड्डामा धम्क्याउँदै हिँडेका शाही आज कतै देखिएका छैनन् ।

टिप्पणीहरू