नगरपालिकाको ठेक्का खुसुक्क
रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ भ्रष्टाचारमा तानिएका छन् ।
विद्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा उनीसहित लेखापाल रामबलम प्रसाद यादव र एडभरटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णविरुद्ध मुद्दा दर्ता भएको हो ।
नगरपालिकाको वडा नम्बर ३, सखुअर्वास्थित देवी माध्यमिक विद्यालयको भवन निर्माण कार्यका लागि ठेक्का आह्वान गर्ने क्रममा उनीहरुले भष्टाचार गरेको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार निर्माण कार्यका निम्ति बोलपत्र सूचना राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नुपर्नेमा उनीहरुको मिलेमतोमा सूचना ननिकाली रकम लेनदेन भएको पाइएको छ ।
अख्तियारद्वारा विशेष अदालत काठमाडौंमा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम दुई लाख ५७ हजार ९७० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।

टिप्पणीहरू