जर्जियाको प्रदर्शनमा नेपाली झण्डा
जर्जियामा भएको प्रदर्शनमा नेपालीहरू पनि सहभागी भएको पाइएको छ । पाँच बुँदे माग राख्दै त्यहाँका युवाहरुले हिजो राष्ट्रपति भवन घेराउ गरेका थिए । प्रदर्शनमा नेपाली झण्डा पनि देखिएको हो ।
अहिले जर्जियमा जर्जियन ड्रिम पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर, सरकारको कारकारवाहीप्रति विपक्षी दल र नागरिकमा चरम असन्तुष्टि रहेको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
पछिल्लो चुनावमा सत्तारुढ पार्टीले धाँधली गरेकाले पुनः निर्वाचन गरिनुपर्ने, सरकारविरुद्ध बोल्ने पत्रकार र पार्टी कार्यकर्तामाथि हुँदै आएको दमन रोक्नुपर्ने, युरोपियन संघको सदस्यता लिनुपर्ने, प्रतिशोध साँधेर समातिएका नेतालाई रिहाइ गरेर संसदीय निर्वाचन गरिनुपर्ने प्रदर्शनकारीको माग छ । प्रदर्शनमा सहभागी केही व्यक्तिले भने नेपालको झण्डा पनि बोकेको सार्वजनिक फोटो तथा भिडियोमा देख्न सकिन्छ ।
कुनै पनि देशको प्रदर्शनमा अर्को देशको झण्डा देखिनुलाई कुटनीतिक रुपमा स्वभाविक मानिदैन । गत वर्ष फागुनमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेको भीडमा केही व्यक्तिले भारतीय जनता पार्टीका नेता योगी आतित्यनाथको तस्वीर देखाएपछि प्रश्न उठेको थियो । भारतको रुचिअनुसार राजावादी शक्ति सक्रिय बनेको विश्लेषण भएको थियो ।
अहिले जर्जियामा पनि नेपाली झण्डा देखिएपछि त्यहाँका कुटनीतिज्ञहरुले बाह्य देशको प्रभाव परेको विश्लेषण गर्न थालेका छन् । जर्जियन मिडियाहरुले युवाहरुलाई बाह्य देशले उचालेर राष्ट्रपति भवन घेराउ गर्न लगाएको समेत बताएका छन् ।
टिप्पणीहरू