डढेका ७ गाडी तीन जनाको सवारी
गत भदौ २४ गते जेन जीको विध्वंशमा सिंहदरबार,संसद भवन, सर्वोच्च अदालत,शीतल निवासलगायत सरकारी भवनसँगै ती भवन परिसरमा रहेका सयौं सवारी साधन जलेर ध्वस्त भएका छन् । सबैभन्दा धेरै सवारी साधन सिंहदरबार र वरपर जलाइएको थियो ।
त्यसमध्ये सर्वोच्च अदालत परिसरमा मात्रै ४३ गाडी जलाएर खरानी बनाइएको पाइएको छ । तीमध्ये मुख्य रजिष्ट्रार र दुई जना रजिष्ट्रार गरी तीन जनाले प्रयोग गर्ने सात वटै गाडी खरानी भएका छन् ।
सामान्यतयाः एक सरकारी अधिकारीसँग एक मात्र गाडी हुने भए तीन वटा मात्र नष्ट हुने थियो । तर तीन जनाले प्रयोग गर्ने सातवटै गाडी जलेको घटनाले सर्वोच्च अदालतमै गाडी दुरुपयोग भएको आशंका उब्जिएको छ ।
न्यायालयका उच्च पदाधिकारीहरूले समेत व्यक्तिगत सुविधामा अतिरिक्त गाडी प्रयोग गर्ने प्रचलन रहेछ । यसबारे सार्वजनिक रुपमा नै आलोचना भएको पाइन्छ ।
टिप्पणीहरू