छोरी र सम्धिनी हैन,सिङ्गो मधेशको हित सोचौँ न माननीयज्यू !

छोरी र सम्धिनी हैन,सिङ्गो मधेशको हित सोचौँ न माननीयज्यू !

पटक-पटक एउटै व्यक्ति पार्टी र राजकीय सत्तामा रहिरहने प्रवृत्तिबाट आजित जेन-जी पुस्ताको प्रदर्शनले यतिबेला राजनीतिक दलहरूमा तरंग ल्याएको छ । ठूला भनिएका पार्टीमै नेतृत्व फेर्नुपर्ने बहस जोडदार रूपमा चलिरहेको छ । यस्तोमा दशकौंदेखि मधेशको नाममा सत्ता र शक्ति कब्जा गरेका नेताको हकमा के होला ? जनचासोको विषय बनेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर सँधै सत्ता र शक्तिको वरिपरि रहिरहने मधेसवादी नेतामा पर्छन् । नेपाली काँग्रेसबाट थुप्रै अवसर लिएपछि मधेस आन्दोलनका बेला ठाकुरले आफ्नै नेतृत्वमा क्षेत्रीय दल खोलेका थिए । जीवनको उत्तरार्द्धमा पनि नेतृत्व नछोडेका उनी केही वर्षदेखि लोसपाको अध्यक्ष छन् । 

२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भै महोत्तरी-३ बाट सांसद जितेका उनी त्यसअघि सर्लाहीबाट बारम्बार पराजित भए । महोत्तरीमा ठाकुर आएपछि नै भोट किनबेच हुन थालेको आरोप लाग्ने गरेको छ । मतदाता रिझाउनका लागि उनले गाउँ टोलमा नगद बाँडेको भन्नेहरू धेरै छन् । 

गिरिजाप्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराई हुँदै शेरबहादुर देउवादेखि पूर्वपञ्च सूर्यबहादुर थापाको सरकारमा सिट सुरक्षित पारे । कोइराला परिवारलाई रिझाएर २०४७ सालको आम निर्वाचनपछि दमननाथ ढुंगाना सभामुख भएको बेला ठाकुर उपसभामुख बनेका थिए । 

तर,संकिर्ण जातिगत सोचबाट ग्रस्त उनले मैथिली बाहुन,त्यसमा पनि काठमाडौंमा थोरै सरकारी स्थानमा मौका पाएका व्यक्तिहरुको हितभन्दा आम मधेशीको समस्याप्रति नजरअन्दाज गरेको आरोप लाग्ने गरेको छ । 

जतिबेला गजेन्द्रनारायण सिंह नेपाल सद्भावना पार्टी गठन गरेर मधेशको हक र न्यायका लागि लड्दै थिए,त्यतिबेला उनले अपमान र आरोप सहनुपरेको थियो । जबकि ठाकुर भने त्यतिबेला नेपाली कांग्रेसबाट सत्तामा रजाईं गरिरहेका थिए । 

संविधान जारी भएपछिको पहिलो आम निर्वाचनमा उनले आफ्नो घोषणा पत्रमै महिलालाई सुन बाँड्ने विवादास्पद कुरा लेखे । गत निर्वाचनमा 'अन्तिम मौका’ भन्दै उम्मेदवार बनेका उनले भोट किनेर जितेको स्थानीय बताउँछन् । पारिवारिक मानसिकताबाट ग्रस्त रहेको आरोप खेपिरहेका ठाकुर चुनाव हारे पनि पहिलो संविधानसभा निर्वाचनमा मनोनित कोटाबाट सभासद भैछाडे । तमलोपाबाट चुनाव हारेपछि उनलाई सरकारको सिफारिसमा सभासद बनाइएको थियो । 

दोस्रो संविधानसभामा पनि ठाकुर पराजित भए । उनीमाथि छोरी मिनाक्षी झालाई भारतीय दूतावासको सहयोगमा डाक्टरी पढाएको आरोप छ । हाल छोरीलाई आफ्नो ठाउँमा उभ्याउन कसरत गरिरहेको लोसपाका नेताहरू बताउँछन् । शरतसिंह भण्डारी श्रममन्त्री हुँदा छोरीलाई वैदेशिक रोजगार बोर्डको सचिवालय सदस्य बनाउन सफल उनको कारणले समानुपातिकमा लोसपाले एक सीट पनि पाएन । 

आफू सभासद् बनेझैं सम्धी उमाकान्त झालाई खिलराज रेग्मीको चुनावी सरकारमा मन्त्री दिलाएका थिए, त्यो पनि तीन मन्त्रालयको । यसैगरी, साधारण लेखपढ गर्न पनि नजानेकी सम्धिनीलाई दोस्रो संविधानसभामा पार्टीको समानुपातिक कोटाबाट सांसद् बनाएर छोरीको विवाहको दाइजो दिएका हुन् । 

 

टिप्पणीहरू