क्याबिनेटअघि केन्द्रीय सुरक्षा समिति बैठक
सिंहदरबारमा आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनअघि अपराह्न गृह मन्त्रालयमा एक घण्टा बैठक बसेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा अपराह्न साढे ३ देखि साढे ४ बजेसम्म बैठकमा मन्त्रालयका सचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।
केन्द्रीय सुरक्षा समितिको आजको बैठकका निर्णयबारे औपचारिक जानकारी गराइएको छैन । गृहमन्त्री अर्याल त्यसपछि राखिएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए ।
टिप्पणीहरू