अमेरिकी राजदूत सञ्चारमा, स्वीस ऊर्जा मन्त्रालयमा

अमेरिकी राजदूत सञ्चारमा, स्वीस ऊर्जा मन्त्रालयमा

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेट गरेका छन् । मन्त्री खरेल र राजदूत थम्पसनबीच दिउँसो २ बजेदेखि पौने ३ बजेसम्म मन्त्रालयमा भेटघाट भएको हो । दुईजना बीचको भेटघाटबारे विस्तृत जानकारी दिइएको छैन ।

उता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच पनि आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी हुन् ।

टिप्पणीहरू