नेताको घरमा दिउँसो नाराबाजी, साँझमा आगजनी
भदौ २४ गतेको विध्वंसमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको घर र छोराले सञ्चालन गर्दै आएको सख्खर कारखाना खरानी बनाइएको छ । नवलपरासीमा रहेको उनको निवासमा दिउँसो आन्दोलनकारी भन्दै नाराबाजी गर्दै आएको समूहले उनीसँग केहीबेर कुरा गरेर फर्के पनि साँझ परेपछि अर्को समूह हतियारसहित आएर आगो झोसेको त्रिपाठीले बताए ।
प्रहरीले केहीलाई पक्रेको अवस्थामा मानवअधिकार संस्थाहरुको आग्रहमा आगजनी र लुटपाटमा संलग्नहरु पनि छुटेको बताइन्छ । अधिकांश लुटेराहरु भारत पसेको आशंका छ । नवलपरासीको जिल्ला सदरमुकाम परासीको झ्यालखाना र प्रहरी कार्यालयमा हिरासतमा रहेका झण्डै पाँच सय कैदीबन्दीहरु भदौ २४ गते दिउँसो भागेपछि अवस्था थप भयावह बनेको जनआस्थासँगको कुराकानीमा हृदयेशले बताए ।
उनको घर र छोराको आधुनिक सख्खर कारखाना जलाएर नष्ट गर्नुअघि हतियारधारीको जत्थाले लुटपाट मच्चाएको थियो । ‘बेलुकी साढे ७ बजेतिर आइपुगेको जमात कुनै हालतमा आन्दोलनकारी थिएन । हतियार बोकको अपराधी समूह थियो,’ उनी भन्छन्, ‘ बर्दघाट साइडका अपराधिक मानसिकता बोकेकाहरु थिए ।’
टिप्पणीहरू