गुण्डुमा ‘गुण्डा’ भेला नगराइदिन ओलीलाई छिमेकीको आग्रह

गुण्डुमा ‘गुण्डा’ भेला नगराइदिन ओलीलाई छिमेकीको आग्रह

विध्वंशकारी जेनजी प्रदर्शनको क्रममा युवाहरुले बालुवाटार घेराउ गरेपछि सैनिक हेलिकोप्टरमा निस्कनुभएका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली त्यसयता सार्वजनिक कार्यक्रममा देखिनुभएको थिएन । असोज ३ गते पार्टीले आयोजना गरेको संविधान दिवश कार्यक्रममा पनि सहभागी हुनुभएन । 

एक हप्ताभन्दा बढी सैनिक सुरक्षा घेरामा बसेर केही दिनअघि मात्रै भक्तपुरको गुण्डुस्थित नयाँ घरमा सर्नुभएका ओलीको विश्वासपात्रको रुपमा यतिबेला पोलिटब्युरो सदस्य महेश बस्नेत देखिएका छन् । अन्य नेताले पुर्नगठनको चर्को आवाज उठाइरहँदा बस्नेत एक्लैले सामाजिक सञ्जालमार्फत् धारावाहिक रुपमा ओलीलाई नै निर्विकल्प नेता भनी विभिन्न सामाग्री पोस्ट गरिरहेको देखिन्छ । 

उपत्यकामै रहेका कतिपय केन्द्रीय नेताले त ‘ओलीले निकास नदिँदासम्म घर फर्किदैनौँ’ भन्ने सम्मको अडान लिएको बुझिएको छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘चुनावको मिति घोषणा भएको छ,गाउँ फर्किएर प्रचारको माहोल बनाउनुपर्नेछ,तर अहिले ओली कमरेडको अनुहार देखेर प्रचारमा त के गाउँघरमा हिँड्नसमेत अफ्ठ्यारो छ, उहाँले निकास नदिँदासम्म हामी जिल्ला फर्किन्नौँ ।’

‘सुरक्षाकर्मी छँदैछन्,केही परिहाल्यो भने बरु छिमेकीहरु तपाईंको लागि तयार हुन्छौँ, तर यसरी भेला नगराइदिनुस्, हाम्रा बच्चाहरुलाई नकारात्मक असर परेको छ ।’

यसरी ओलीमाथि पार्टी पुर्नगठनको दबाब बढिरहेको बेला पोलिटब्युरो सदस्य बस्नेत भने एक्लैले रक्षात्मक अभिव्यक्ति दिइरहेको सुनिरहन्छ । उक्त पृष्ठभूमिमा ओलीको लागि बस्नेत भरोसायुक्त पात्रको रुपमा देखिनु स्वभाविक पनि हो । तर बस्नेतले सुरक्षाको लागि भन्दै सुगठित शरिर भएका युवाहरुलाई २४सै घण्टा ओलीको घर परिसरमा परिचालन गरेपछि यतिबेला फेरि टिकाटिप्पणी  शुरु भएको छ । ओलीकै गुण्डुस्थित छिमेकीहरुले समेत त्यसरी युवाहरुको भेला नगरिदिन आग्रह गरेका हुन् । 

बस्नेतले हिजो राती ओलीको वासस्थान वरिपरि युवाहरुलाई गस्तीमा खटाएका थिए । आज पनि बिहानै उनले युवाहरुको ओलीसँग फोटोसेसन राखे । उक्त सेसनमा ओलीसँग ४० भन्दा बढी युवाले फोटो खिचाएको जानकार स्रोत बताउँछ । उक्त फोटोसेसनलाई ओलीको घरमै पुगेका कतिपय युवाले लाइभसमेत गरेका थिए । तर लाइभमा ओलीका छिमेकीहरुले नै गुण्डुलाई गुण्डाको अखडा नबनाइदिन आग्रह गरेको देखिन्छ । 

एक छिमेकीले त लाइभमै भनेका छन्, ‘केटाकेटीहरु डराए,त्यसरी २४ सै घण्टा गुण्डाहरुको भेला नगराउनुस् ।’

अर्का छिमेकीले पनि घरमा आउने कार्यकर्ता हुन् कि गुण्डा हुन् ? भनेर सोधेका छन् । ‘तपाईंको परिस्थिति म बुझ्छु,तर घरमा गुण्डाजस्ता युवाहरुलाई प्रवेश नदिनुहोस्’, उनले भनेका छन्, ‘सुरक्षाकर्मी छँदैछन्,केही परिहाल्यो भने बरु छिमेकीहरु तपाईंको लागि तयार हुन्छौँ, तर यसरी भेला नगराइदिनुस्, हाम्रा बच्चाहरुलाई नकारात्मक असर परेको छ ।’

टिप्पणीहरू