सर्वोच्च अदालत सोमबारदेखि १५ दिन बन्द
सर्वोच्च अदालत आगामी घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएको छ । आज प्रकाशित सूचनामा आगामी सोमबारदेखि असोज २० गतेसम्म दशैं बिदा हुने भएकाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई नहुने उल्लेख छ ।
घटस्थापना, विजया दशमी, कोजाग्रत पूूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जनाइएको छ ।
टिप्पणीहरू