प्रहरीको हतियार खोसेका भुसतिघ्रेहरु पक्राउ पर्दै

प्रहरीको हतियार खोसेका भुसतिघ्रेहरु पक्राउ पर्दै

जेन–जी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नहरू पक्राऊ पर्नेक्रम जारी रहँदा सुरक्षाकर्मीको हतियार कब्जामा लिनेहरूको पहिचान खुलेको छ । 

भदौ २४ गते विध्वंसकारीको एक समूहले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार गेटमा तैनाथ प्रहरीले बोकेका हतियार, ढाला, लट्ठी खोसेका थिए । प्रहरीको पोशाकसमेत लुटेर भित्र छिरेका उनीहरुले अन्धाधुन्द बन्दुक पड्काएका थिए । 

सार्वजनिक एक भिडियोमा विध्वंसकारीको समूह मैमत्त हुँदै हतियार प्रदर्शन गरिरहेको छ । काँधमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा ओढेका केही युवाले अश्लिल शब्द प्रयोग गर्दै ‘गन हान्ने हो’ भन्दै उत्तेजक अभिव्यक्ति दिइरहेको भिडियोमा देखिन्छ । 

शुरुमा पाखुरामा ट्याटु खोपेका एकजना भुसतिघ्रेले हतियार उठाएर निसाना मिलाउँछन् । त्यसपछि उनलाई समर्थन गर्दै अरूले पनि हतियार ताक्दै हिँडेको भिडियोमा स्पष्ट देखिन्छ ।
 

टिप्पणीहरू