कस्तो होला खरानी बनाए पछिको नयाँ नेपाल ?
भदौ २४ गते गौशाला र नयाँबानेश्वरबाट लगातार गोलीको आवाज आइरहेको थियो । धुवाँको मुस्लो यस्तो निस्किरहेको थियो कि घरभित्र बस्दा पनि आँखा र नाक पोलिरहेको थियो । पूरै जलेको गन्धले गारो भइरहेको थियो । ढाडको समस्याका कारण विगत केही महिनादेखि सीमित काममा मात्रै निस्कने गरेको छु । यस्तो भइरहँदा घरमा बस्न सकिन । बेल्ट कम्मरमा कसेँ । प्रेस ज्याकेट, कार्ड र क्यामेरा लिएर हिँडेँ ।
निस्कनु अघि रूमाल भिजाएँ । प्लास्टिकमा पोको पारेँ र ज्याकेटको पकेटमा राखेँ । किनभने आन्दोलनमा प्रहरी र आन्दोलनकारी मात्रै होइन, पत्रकार पनि पर्ने गरेको आफ्नै अनुभव थियो । घरबाट बाहिर निस्केपछि द्वारिकाको छेवैको नयाँ भवन र डोजरको आगो सेक्दै थिए आन्दोलनकारी । कोही मिठाई खाँदै थिए, कोही नजलेको भाग जलाउनमा मस्त थिए । त्यसमै हिमालयन बैंक पनि थियो । स्थानीयहरू भिडियो खिच्नमा व्यस्त थिए ।
त्यसपछि गौशाला चोकमा पुगेँ । प्रहरी भाग्ने अवस्थामा पुगिसकेका थिए । गौशाला प्रहरी वृत्तमा खरानी बन्दै गरेका सवारीसाधन थिए । मारवाडी भवनमा समेत तोडफोड र आगजनी गरिएको थियो । नयाँ नेपाल भन्दै कोही ढलेको ट्राफिक पोलमा बसेर सेल्फी खिच्दै थिए, कोही नेपालको झण्डा फहराउँदै थिए । कोही भने बाइकमा प्रहरीको ड्रेस (माथिल्लो भाग), कोही ट्राफिकको टोपी लगाएर हल्ला गर्दै कुदिरहेका थिए ।
हिल्टनतिर लागेँ । हिल्टनको पछि उग्र मानिसहरू प्रहरी हेडक्वार्टर जलाउनका लागि हिँडिरहेका थिए । नक्साल हेडक्वार्टरको करिब १०० मिटर वरपर हिँड्न दिइएको थिएन । पूर्ण रूपमा प्रहरीको घेरामा थियो । प्रधानमन्त्री निवासमा रहेका गाडी नक्सालमा ल्याइएका कारण प्रधानमन्त्रीलाई प्रहरीले लुकाएको छ भनेर उग्र युवा र अधबैसेहरू प्रहरी हेडक्वार्टर जलाउन तम्सिरहेका थिए । यदि हिल्टनमा उग्र आन्दोलनकारी हिल्टनको माथि नअड्किएको भए, त्यस दिन प्रहरी हेडक्वार्टर पनि रहने थिएन । प्रहरीलाई गोली चलाउने आदेश थिएन । त्यही आदेश नभएका कारण हेडक्वार्टरबाट आफ्नो ज्यान जसरी भए पनि जोगाउने, गोली गठ्ठा, सेट लिएर निस्कने भनिएको थियो । त्यस दिन प्रहरी मनपरी गोली चलाएको भए अवस्था रक्तमय हुने थियो । प्रहरी आफैँ कुटियो, मारियो र बागमती खोलामा प्रताडना भोग्यो । बर्दी फुकालेर नाङ्गै पारियो तर पनि आफ्नो ज्यान जोगाउन सफल भए ।
हिल्टनमा अड्किएका कोही विदेशी, कोही कामदार भन्दै थिए । उनीहरू उग्र आन्दोलनकारी थिए । पाँच जनामध्ये तीन पछाडिको भागबाट तल झरिसकेका थिए भने दुईजना हिल्टनको माथि स्वीमिङ पुलमा रक्सी खाँदै स्वीमिङ गर्दै फसेका थिए । प्रहरी हेडक्वार्टरबाटै सेटमा हिल्टनमाथि अड्किएको खबर गयो । प्रहरीले हातको इशारा गर्दै “हेली आउँदैछ, माथिबाट हाम नफाल्न” अनुरोध गरिरहेको थियो । पछि हेलिकप्टर आयो । ती दुईजना उग्र आन्दोलनकारीलाई बचाउने कोशिश पनि ग¥यो । तर हेलिकप्टर आएपछि उनीहरूले हात हल्लाउनु छोडेर स्वीमिङ पुल छेउमा उभिएर हेलिकप्टर आएको सेल्फी खिच्दै रमाउन थाले । हेलिकप्टरलाई रेस्पोन्स गर्नुको साटो रमाएको देखेपछि हेलिकप्टर सिधै महाराजगञ्ज गयो । महाराजगञ्ज प्रहरी वृत्तमा आन्दोलनकारीले भवनमा तलबाट आगो लगाएर माथि प्रहरीहरूलाई थुनेका थिए । हेलीले ती प्रहरीलाई रेस्क्यु ग¥यो तर एकजना सिपाहीलाई उग्र आन्दोलनकारीले पिटिपिटि मारीसकेका थिए । त्यसपछि हिल्टन होटलमा अड्किएकाहरुलाई होटलको पछाडि भागबाट रेस्क्यु गरियो ।
त्यसपछि राष्ट्रपति भवनमा त सेल्फी खिच्नेहरूको भिड थियो । मन कसैको रोएको थिएन । खरानीमाथि रमाउनेहरू तस्बीर खिच्दै थिए । बच्चाहरू भोगटेले भवनमा हिर्काउँदै थिए ।
त्यस दिन ती दुईजना हिल्टनमा नअड्किएको भए र प्रहरीका दुईजना अफिसरले हेडक्वार्टरमा छिरेर “गोली चलाउनुस्, त्यसको जिम्मेवारी म लिन्छु” भनेर आँट नदिएको भए, हेडक्वार्टर आज खरानीमाथि उभिएको हुन्थ्यो, स्रोतले भन्यो । यस्तो अवस्थामा उपत्यकामा प्रहरीका १५३ वटा प्रहरी कार्यालय आगजनी भइसकेका थिए भने ट्राफिक प्रहरीका १० वटा युनिट ध्वस्त हुँदै थिए । हेडक्वार्टरमा उग्र आन्दोलनकारीले ड्रोन पठाएर रेकी गरेका थिए । ड्रोनबाट नक्साल हेडक्वार्टरको अवस्था हेरेका थिए । त्यत्तिकैमा एकजना प्रहरीले देखेपछि एसपीलाई खबर गरे । त्यसपछि ड्रोनमा गोली चलाइएको थियो । बल्लबल्ल हेडक्वार्टर, गण सुरक्षित गरिएको थियो ।
त्यसपछि राष्ट्रपति भवनमा त सेल्फी खिच्नेहरूको भीड थियो । मन कसैको रोएको थिएन । खरानीमाथि रमाउनेहरू तस्बीर खिच्दै थिए । बच्चाहरू भोगटेले भवनमा हिर्काउँदै थिए । उग्र आन्दोलनकारी जो राजनीतिक पार्टीसँग सम्बन्धित थिए, उनीहरू बाइकमा घुम्दै नयाँ नेपाल भन्दै थिए । खरानीले नयाँ नेपाल कोर्दै थिए । मुस्लोले सबैको मुहार कालो बनाएको कसैलाई भान थिएन । साँथै भैरवनाथ गणका नेपाली सेना खटिएका थिए । कोही बन्दुक बोकेर हिँडिरहेका थिए, कसैले खुँडा बोकेका थिए, कसैको हातमा बेल्चा थियो, कसैको हातमा रड थियो, बञ्चरो बोकेका थिए । राष्ट्रपति भवनबाट सुटकेसदेखि कुर्सी, सोफा सबै बोकेर हिँडिरहेका थिए । बाटोभरि छरपस्ट लेखिएका कागज थिए ।
त्यसपछि नक्साल पुगेँ । त्यहाँ भाटभटेनीमा आगो पुरै सल्किसकेको थियो । आगोले उछिट्टिएर सामान बाहिर आइरहेको थियो । शिशा पट्किँदै उछिट्टिरहेका थिए । त्यसकै अगाडि एउटा समूहले सरकारी बसमा आगो लगाए । अर्को समूहले “यस्तो गर्नु हुँदैन” भनेर पानी फ्याँकेर निभायो तर उग्रहरूले पछाडि पेट्रोल हालेर दनदनी आगो भइसकेको थियो । छेउमा एउटा युवा पछुतो मानिरहेको थियो । सरकारी बसमा आगो लगाएर बाटो अवरुद्ध पारेर ती लुटेरा युवाले फलामको रडले एटीएम फोडे । बसमा पड्किएको आवाज आएपछि “अब सकियो” भनेर भाग्न थाले । म अख्तियार कार्यालयतिर जाँदा कुर्ता, सारी भएका पसलेहरू रातभरि आफ्नो सामानको सुरक्षाका लागि जागा बसेका थिए । अख्तियारको भवनबाट पनि सामान बोकिरहेका थिए । प्रहरीले हनुमान मन्दिरभन्दा अगाडि बाटो मोडेको थियो । प्रहरी नभएका कारण सबैले आ–आफ्नो सुरक्षा आफैं गरिरहेका थिए । कानुन नहुँदा, प्रहरी नहुँदा कस्तो हुन्छ नागरिकलाई सबै देखिरहेको थियो । क्यामेरा खिच्दै गर्दा आँखा भरी आँसु थियो । मनमा थकथकी थियो ।
उग्र आन्दोलनकारी जो राजनीतिक पार्टीसँग सम्बन्धित थिए, उनीहरू बाइकमा घुम्दै नयाँ नेपाल भन्दै थिए । खरानीले नयाँ नेपाल कोर्दै थिए ।
म दरबारमार्ग प्रहरी बिटमा पुगेँ तर खरानी भइसकेको थियो । केही मानिस खरानीमाथि बचेको सामान खोजिरहेका थिए । त्यत्तिकैमा बन्दुक बोकेका युवाहरूको हुल आयो । मैले प्रेस लगाएको देखेपछि झन् उफ्रिन थाले । नारायणहिटी दरबारभित्रको पहिलो घेरामा आन्दोलनकारी छिरेका थिए । नारायणहिटीको मुख्य गेटबाट माथि चढ्न पनि खोजेका थिए, सकिरहेका थिएनन् । बाइकमा बन्दुक समातेर नाचिरहेका थिए । प्रायः त्यो हुलमा रक्सीले मातेका थिए । म अलि टाढा गएँ तर एक जना बाइक लिएर मेरो नजिक आए । रक्सीले उनी आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । बाइक कसरी चलाउँदै थियो, अचम्म लाग्यो । मेरो नजिक आउँदै उनले यति नन–भेज गाली गरे कि म लेख्न सक्दिनँ । उनले मलाई गाली गरेका होइनन्, आफ्नै आक्रोश पोखेका थिए ।
उनले “हेर दाइ” भन्दै, “चोर, भ्रष्ट नेता” भन्दै आक्रोश पोखिरहेका थिए । मैले “म दाइ होइन, दिदी हो” भन्दा पनि सुनेनन् । आफ्नै सुरमा गाली गरिरहेका थिए । त्यत्तिकैमा उनको बाइकबाट धुवाँ निस्कन थाल्यो । मैले “अब आगो लाग्छ” भनेर त्यहाँबाट निस्केँ । ऊ “हैन” भन्दै बाइक हेर्दैथियो । लैनचौरमा नेपाल प्रहरीले खोसेका गाडी चलाएर आन्दोलनकारी पुरै फिल्मी शैलीमा गीत गाउँदै, नेपाली झण्डा फहराउँदै हिँडिरहेका थिए । नारायणहिटी दरबार सोच्दै थियो होला, “यस्तो त २०६२/०६३ को जनआन्दोलनमा पनि भएन । यिनीहरू खरानी बनाएर के नाच्दै छन् होला ?” खरानीमाथि नाचेका ती उग्रहरूलाई सोधेको थिएँ – सभ्य जेन–जीहरू भन्दै थिए, “हामीले जलाउने, भत्काउने कल्पना पनि गरेको थिएनौं । कसैले आफ्नो स्वार्थ पूरा गर्नेहरूले यस्तो गरे ।” कोही “नयाँ नेपाल हो, अब नेताहरू जलाउँछौं” भन्दै थिए । उग्र भिडमा धेरै प्रश्न गर्न पनि “जिउँदै जलाउँलान्” भन्ने पीर ।
नारायणहिटी दरबार सोच्दै थियो होला, “यस्तो त २०६२/०६३ को जनआन्दोलनमा पनि भएन । यिनीहरू खरानी बनाएर के नाच्दै छन् होला ?”
रानीपोखरी मेट्रो पुगेँ । उग्र आन्दोलन जलाएर निस्किसकेका थिए । एक–दुई जना कुर्सी लिएर मस्जिदतिर रहेको गेटमा मेट्रोको गेटमै बसेका थिए । भित्र सबै जलिसकेको थियो । उपत्यकाको सिसिटिभीको कन्ट्रोल रुमका सबै एलसीडी बाइकमा बोकेर केही मानिसहरू जाँदै थिए । कोही प्रहरीको बर्दी जलाउँदै थिए भने कोही लगाउँदै थिए । मेट्रोको चारैतिर घुम्दा महिलाहरूको समूह सामान चोर्दै थियो । रेष्टुरेन्टको सामान झिक्दै थिए । विदेश जानका लागि चारित्रिक प्रमाणपत्र बनाउन युवाहरूको लाम लाग्थ्यो, त्यही घरमा आगो लगाउँदै थिए ।
सिंहदरबार पुगेँ । ट्राफिक प्रहरी बग्गीखाना हेरेँ । खिच्न मन लागिरहेको थिएन तर “अँहँ, भावुक हुनु हुँदैन” भन्दै मनलाई सम्झाएँ । आँखा भरी आँसु आयो । चिच्याउँदै भन्न मन थियो, “तिमीहरूले जे ग¥यौ, ठिक गरेनौ”, तर दृश्य कैद गरिरहेँ । भित्र आगो लगाइएको थियो, बाहिर मुख्य गेट लगाएर प्रवेश निषेध थियो । त्यहाँ ट्राफिक प्रहरीसँग आक्रोश भएका युवाहरूको जमात थियो । कोही पृथ्वीनारायण शाहको शालिकमा तस्बीर खिचाउँदै थिए । कतिपय उग्र युवाहरू हुँइकिँदै बाइक जिउँमै ल्याएर क्यामेराअघि आफ्नो कला देखाउँदै थिए । सिंहदरबार र बग्गीखाना हेरेपछि सर्वोच्चमा आगो दन्किरहेको थियो । कोही सामान चोर्दै थिए, केही सामान सडकमा ल्याएर जलाइएको थियो । स्वास्थ्य मन्त्रालय पड्किरहेको थियो । त्यसको विपरीत राष्ट्रिय अभिलेखालय अगाडि १०–१२ जनाको समूह अभिलेखालय बचाउन बिहानदेखि धर्ना दिएर बसेका थिए । उनीहरूले अनेकन् अनुनय गरेर बचाएको रहेछन् । स्वास्थ्य मन्त्रालयको आगोले त्यसको पछाडिको भवन छुन्छ भनेर काठमाडौं महानगरपालिका र सेनालाई खबर गर्दा पनि कोही आएनन् । “लौ न भनि दिनुप¥यो” भनेर रुँदै प्लेकार्ड समातेका थिए ।
काठमाडौंको मुटुमै आगजनी भएको देख्दा, राष्ट्रिय अभिलेखालय अगाडि धर्ना बसेका ती १२ जनाजस्तै मन भएको भए, आज नयाँ नेपाल खरानीमाथि ठडिएको हुने थियो । खरानीमाथि उभिएर व्यक्तिगत र राजनीतिक द्वेष बोकिरहेका उग्र मानिसहरू अहिले पनि पछुतो छैन होला । देशको सम्पत्ति जलाएर खरानीमाथि उफ्रिएका ती उग्रहरूलाई सोध्न चाहन्छु – के जेन–जी आन्दोलनमा ज्यान गुमाएका ती ७२ जनाले यो अवस्थाबारे थाहा पाए खुशी हुन्थे ? वा अस्पतालमा उपचाररत घाइतेले पनि खरानीमाथि नयाँ नेपाल हेर्न चाहेका थिए र ?
भदौ २४ गते गौशाला र नयाँबानेश्वरबाट लगातार गोलीको आवाज आइरहेको थियो । धुवाँको मुस्लो यस्तो निस्किरहेको थियो कि घरभित्र बस्दा पनि आँखा र नाक पोलिरहेको थियो । पूरै जलेको गन्धले गारो भइरहेको थियो । ढाडको समस्याका कारण विगत केही महिनादेखि सीमित काममा मात्रै निस्कने गरेको छु । यस्तो भइरहँदा घरमा बस्न सकिन । बेल्ट कम्मरमा कसेँ । प्रेस ज्याकेट, कार्ड र क्यामेरा लिएर हिँडेँ ।
निस्कनु अघि रूमाल भिजाएँ । प्लास्टिकमा पोको पारेँ र ज्याकेटको पकेटमा राखेँ । किनभने आन्दोलनमा प्रहरी र आन्दोलनकारी मात्रै होइन, पत्रकार पनि पर्ने गरेको आफ्नै अनुभव थियो । घरबाट बाहिर निस्केपछि द्वारिकाको छेवैको नयाँ भवन र डोजरको आगो सेक्दै थिए आन्दोलनकारी । कोही मिठाई खाँदै थिए, कोही नजलेको भाग जलाउनमा मस्त थिए । त्यसमै हिमालयन बैंक पनि थियो । स्थानीयहरू भिडियो खिच्नमा व्यस्त थिए ।
त्यसपछि गौशाला चोकमा पुगेँ । प्रहरी भाग्ने अवस्थामा पुगिसकेका थिए । गौशाला प्रहरी वृत्तमा खरानी बन्दै गरेका सवारीसाधन थिए । मारवाडी भवनमा समेत तोडफोड र आगजनी गरिएको थियो । नयाँ नेपाल भन्दै कोही ढलेको ट्राफिक पोलमा बसेर सेल्फी खिच्दै थिए, कोही नेपालको झण्डा फहराउँदै थिए । कोही भने बाइकमा प्रहरीको ड्रेस (माथिल्लो भाग), कोही ट्राफिकको टोपी लगाएर हल्ला गर्दै कुदिरहेका थिए ।
हिल्टनतिर लागेँ । हिल्टनको पछि उग्र मानिसहरू प्रहरी हेडक्वार्टर जलाउनका लागि हिँडिरहेका थिए । नक्शाल हेडक्वार्टरको करिब १०० मिटर वरपर हिँड्न दिइएको थिएन । पूर्ण रूपमा प्रहरीको घेरामा थियो । प्रधानमन्त्री निवासमा रहेका गाडी नक्शालमा ल्याइएका कारण प्रधानमन्त्रीलाई प्रहरीले लुकाएको छ भनेर उग्र युवा र अधबैसेहरू प्रहरी हेडक्वार्टर जलाउन तम्सिरहेका थिए । यदि हिल्टनमा उग्र आन्दोलनकारी हिल्टनको माथि नअड्किएको भए, त्यस दिन प्रहरी हेडक्वार्टर पनि रहने थिएन । प्रहरीलाई गोली चलाउने आदेश थिएन । त्यही आदेश नभएका कारण हेडक्वार्टरबाट आफ्नो ज्यान जसरी भए पनि जोगाउने, गोली गठ्ठा, सेट लिएर निस्कने भनिएको थियो । त्यस दिन प्रहरी मनपरी गोली चलाएको भए अवस्था रक्तमय हुने थियो । प्रहरी आफैँ कुटियो, मारियो र बागमती खोलामा प्रताडना भोग्यो । बर्दी फुकालेर नाङ्गै पारियो तर पनि आफ्नो ज्यान जोगाउन सफल भए ।
हिल्टनमा अड्किएका कोही विदेशी, कोही कामदार भन्दै थिए । उनीहरू उग्र आन्दोलनकारी थिए । पाँच जना मध्ये तीन पछाडिको भागबाट तल झरिसकेका थिए भने दुईजना हिल्टनको माथि स्वीमिङ पुलमा रक्सी खाँदै स्वीमिङ गर्दै फसेका थिए । प्रहरी हेडक्वार्टरबाटै सेटमा हिल्टनमाथि अड्किएको खबर गयो । प्रहरीले हातको इशारा गर्दै “हेली आउँदैछ, माथिबाट हाम नफाल्न” अनुरोध गरिरहेको थियो । पछि हेलिकप्टर आयो । ती दुईजना उग्र आन्दोलनकारीलाई बचाउने कोशिश पनि ग¥यो । तर हेलिकप्टर आएपछि उनीहरूले हात हल्लाउनु छोडेर स्वीमिङ पुल छेउमा उभिएर हेलिकप्टर आएको सेल्फी खिच्दै रमाउन थाले । हेलिकप्टरलाई रेस्पोन्स गर्नुको साटो रमाएको देखेपछि हेलिकप्टर सिधै महाराजगञ्ज गयो । महाराजगञ्ज प्रहरी वृत्तमा आन्दोलनकारीले भवनमा तलबाट आगो लगाएर माथि प्रहरीहरूलाई थुनेका थिए । हेलीले ती प्रहरीलाई रेस्क्यु ग¥यो तर एकजना सिपाहीलाई उग्र आन्दोलनकारीले पिटिपिटि मारिसकेका थिए । त्यसपछि हिल्टन होटलमा अड्किएकाहरुलाई होटलको पछाडि भागबाट रेस्क्यु गरियो ।
त्यस दिन ती दुईजना हिल्टनमा नअड्किएको भए र प्रहरीका दुईजना अफिसरले हेडक्वार्टरमा छिरेर “गोली चलाउनुस्, त्यसको जिम्मेवारी म लिन्छु” भनेर आँट नदिएको भए, हेडक्वार्टर आज खरानीमाथि उभिएको हुन्थ्यो, स्रोतले भन्यो । यस्तो अवस्थामा उपत्यकामा प्रहरीका १५३ वटा प्रहरी कार्यालय आगजनी भइसकेका थिए भने ट्राफिक प्रहरीका १० वटा युनिट ध्वस्त हुँदै थिए । हेडक्वार्टरमा उग्र आन्दोलनकारीले ड्रोन पठाएर रेकी गरेका थिए । ड्रोनबाट नक्साल हेडक्वार्टरको अवस्था हेरेका थिए । त्यत्तिकैमा एकजना प्रहरीले देखेपछि एसपीलाई खबर गरे । त्यसपछि ड्रोनमा गोली चलाइएको थियो । बल्लबल्ल हेडक्वार्टर, गण सुरक्षित गरिएको थियो ।
त्यसपछि राष्ट्रपति भवनमा त सेल्फी खिच्नेहरूको भिड थियो । मन कसैको रोएको थिएन । खरानीमाथि रमाउनेहरू तस्वीर खिच्दै थिए । बच्चाहरू भोगटेले भवनमा हिर्काउँदै थिए । उग्र आन्दोलनकारी जो राजनीतिक पार्टीसँग सम्बन्धित थिए, उनीहरू बाइकमा घुम्दै नयाँ नेपाल भन्दै थिए । खरानीले नयाँ नेपाल कोर्दै थिए । मुस्लोले सबैको मुहार कालो बनाएको कसैलाई भान थिएन । साथै भैरवनाथ गणका नेपाली सेना खटिएका थिए । कोही बन्दुक बोकेर हिँडिरहेका थिए, कोही खुडा बोकेका थिए, कसैको हातमा बेल्चा थियो, कसैको हातमा रड थियो, बञ्चरो बोकेका थिए । राष्ट्रपति भवनबाट सुटकेसदेखि कुर्सी, सोफा सबै बोकेर हिँडिरहेका थिए । बाटोभरि छरपस्ट लेखिएका कागज थिए ।
त्यसपछि नक्साल पुगेँ । त्यहाँ भाटभटेनीमा आगो पुरै सल्किसकेको थियो । आगोले उछिट्टिएर सामान बाहिर आइरहेको थियो । शिशा पट्किँदै उछिट्टिरहेका थिए । त्यसकै अगाडि एउटा समूहले सरकारी बसमा आगो लगाए । अर्को समूहले “यस्तो गर्नु हुँदैन” भनेर पानी फ्याँकेर निभायो तर उग्रहरूले पछाडि पेट्रोल हालेर दनदनी आगो भइसकेको थियो । छेउमा एउटा युवा पछुतो मानिरहेको थियो । सरकारी बसमा आगो लगाएर बाटो अवरुद्ध पारेर ती लुटेरा युवाले फलामको रडले एटीएम फोडे । बसमा पड्किएको आवाज आएपछि “अब सकियो” भनेर भाग्न थाले । म अख्तियार कार्यालयतिर जाँदा कुर्ता, सारी भएका पसलेहरू रातभरि आफ्नो सामानको सुरक्षाका लागि जागा बसेका थिए । अख्तियारको भवनबाट पनि सामान बोकिरहेका थिए । प्रहरीले हनुमान मन्दिरभन्दा अगाडि बाटो मोडेको थियो । प्रहरी नभएका कारण सबैले आ–आफ्नो सुरक्षा आफैं गरिरहेका थिए । कानुन नहुँदा, प्रहरी नहुँदा कस्तो हुन्छ नागरिकलाई सबै देखिरहेको थियो । क्यामेरा खिच्दै गर्दा आँखा भरी आँसु थियो । मनमा थकथकी थियो ।
म दरबारमार्ग प्रहरी बिटमा पुगेँ तर खरानी भइसकेको थियो । केही मानिस खरानीमाथि बचेको सामान खोजिरहेका थिए । त्यत्तिकैमा बन्दुक बोकेका युवाहरूको हुल आयो । मैले प्रेस लगाएको देखेपछि झन् उफ्रिन थाले । नारायणहिटी दरबारभित्रको पहिलो घेरामा आन्दोलनकारी छिरेका थिए । नारायणहिटीको मुख्य गेटबाट माथि चढ्न पनि खोजेका थिए, सकिरहेका थिएनन् । बाइकमा बन्दुक समातेर नाचिरहेका थिए । प्रायः त्यो हुलमा रक्सीले मातेका थिए । म अलि टाढा गएँ तर एक जना बाइक लिएर मेरो नजिक आए । रक्सीले उनी आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । बाइक कसरी चलाउँदै थियो, अचम्म लाग्यो । मेरो नजिक आउँदै उनले यति नन–भेज गाली गरे कि म लेख्न सक्दिनँ । उनले मलाई गाली गरेका होइनन्, आफ्नै आक्रोश पोखेका थिए ।
उनले “हेर दाइ” भन्दै, “चोर, भ्रष्ट नेता” भन्दै आक्रोश पोखिरहेका थिए । मैले “म दाइ होइन, दिदी हो” भन्दा पनि सुनेनन् । आफ्नै सुरमा गाली गरिरहेका थिए । त्यत्तिकैमा उनको बाइकबाट धुवाँ निस्कन थाल्यो । मैले “अब आगो लाग्छ” भनेर त्यहाँबाट निस्केँ । ऊ “हैन” भन्दै बाइक हेर्दैथियो । लैनचौरमा नेपाल प्रहरीले खोसेका गाडी चलाएर आन्दोलनकारी पुरै फिल्मी शैलीमा गीत गाउँदै, नेपाली झण्डा फहराउँदै हिँडिरहेका थिए । नारायणहिटी दरबार सोच्दै थियो होला, “यस्तो त २०६२÷०६३ को जनआन्दोलनमा पनि भएन । यिनीहरू खरानी बनाएर के नाच्दै छन् होला ?” खरानीमाथि नाचेका ती उग्रहरूलाई सोधेको थिएँ – सभ्य जेन–जीहरू भन्दै थिए, “हामीले जलाउने, भत्काउने कल्पना पनि गरेको थिएनौं । कसैले आफ्नो स्वार्थ पूरा गर्नेहरूले यस्तो गरे ।” कोही “नयाँ नेपाल हो, अब नेताहरू जलाउँछौं” भन्दै थिए । उग्र भिडमा धेरै प्रश्न गर्न पनि “जिउँदै जलाउँलान्” भन्ने पीर ।
रानीपोखरी मेट्रो पुगेँ । उग्र आन्दोलन जलाएर निस्किसकेका थिए । एक–दुई जना कुर्सी लिएर मस्जिदतिर रहेको गेटमा मेट्रोको गेटमै बसेका थिए । भित्र सबै जलिसकेको थियो । उपत्यकाको सिसिटिभीको कन्ट्रोल रुमका सबै एलसीडी बाइकमा बोकेर केही मानिसहरू जाँदै थिए । कोही प्रहरीको बर्दी जलाउँदै थिए भने कोही लगाउँदै थिए । मेट्रोको चारैतिर घुम्दा महिलाहरूको समूह सामान चोर्दै थियो । रेष्टुरेन्टको सामान झिक्दै थिए । विदेश जानका लागि चारित्रिक प्रमाणपत्र बनाउन युवाहरूको लाम लाग्थ्यो, त्यही घरमा आगो लगाउँदै थिए ।
सिंहदरबार पुगेँ । ट्राफिक प्रहरी बग्गीखाना हेरेँ । खिच्न मन लागिरहेको थिएन तर “अँहँ, भावुक हुनु हुँदैन” भन्दै मनलाई सम्झाएँ । आँखा भरी आँसु आयो । चिच्याउँदै भन्न मन थियो, “तिमीहरूले जे गर्यौ, ठिक गरेनौ”, तर दृश्य कैद गरिरहेँ । भित्र आगो लगाइएको थियो, बाहिर मुख्य गेट लगाएर प्रवेश निषेध थियो । त्यहाँ ट्राफिक प्रहरीसँग आक्रोश भएका युवाहरूको जमात थियो । कोही पृथ्वीनारायण शाहको शालिकमा तस्वीर खिचाउँदै थिए । कतिपय उग्र युवाहरू हुँइकिँदै बाइक जिउँमै ल्याएर क्यामेराअघि आफ्नो कला देखाउँदै थिए । सिंहदरबार र बग्गीखाना हेरेपछि सर्वोच्चमा आगो दन्किरहेको थियो । कोही सामान चोर्दै थिए, केही सामान सडकमा ल्याएर जलाइएको थियो । स्वास्थ्य मन्त्रालय पड्किरहेको थियो । त्यसको विपरीत राष्ट्रिय अभिलेखालय अगाडि १०–१२ जनाको समूह अभिलेखालय बचाउन बिहानदेखि धर्ना दिएर बसेका थिए । उनीहरूले अनेकन् अनुनय गरेर बचाएको रहेछन् । स्वास्थ्य मन्त्रालयको आगोले त्यसको पछाडिको भवन छुन्छ भनेर काठमाडौं महानगरपालिका र सेनालाई खबर गर्दा पनि कोही आएनन् । “लौ न भनि दिनुपर्यो” भनेर रुँदै प्लेकार्ड समातेका थिए ।
काठमाडौंको मुटुमै आगजनी भएको देख्दा, राष्ट्रिय अभिलेखालय अगाडि धर्ना बसेका ती १२ जनाजस्तै मन भएको भए, आज नयाँ नेपाल खरानीमाथि ठडिएको हुने थियो । खरानीमाथि उभिएर व्यक्तिगत र राजनीतिक द्वेष बोकिरहेका उग्र मानिसहरू अहिले पनि पछुतो छैन होला । देशको सम्पत्ति जलाएर खरानीमाथि उफ्रिएका ती उग्रहरूलाई सोध्न चाहन्छु – के जेन–जी आन्दोलनमा ज्यान गुमाएका ती ७२ जनाले यो अवस्थाबारे थाहा पाए खुशी हुन्थे ? वा अस्पतालमा उपचाररत घाइतेले पनि खरानीमाथि नयाँ नेपाल हेर्न चाहेका थिए र ?
जेन–जीको आन्दोलनको उद्देश्य देशका संरचना ध्वस्त पार्नु थिएन । कुनै पार्टीको विरुद्धमा आन्दोलन थिएन । भ्रष्टाचारको विरुद्ध आन्दोलन थियो ।
टिप्पणीहरू