रुपन्देहीको उपचुनाव रद्द
निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने भनिएको उपनिर्वाचन रद्द गरेको छ । आगामी कात्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचनको सम्पूर्ण कार्यक्रम रद्द गरिएको हो ।
फागुन २१ गते नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएकोले उपनिर्वाचन रद्द गरिएको आयोगले जनाएको छ ।
‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२–११–२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी मिति तोकिएकोले रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरु रद्द गर्ने...’,आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट विकसित घटनाक्रमलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन् । उनले शपथ ग्रहण गरेलगत्तै राष्ट्रपति पौडेलसमक्ष संसद् विघटनका लागि सिफारिस गरिएकोमा संसद् विघटन भइसकेको छ ।
फागुन २१ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको छ ।
टिप्पणीहरू