आन्दोलनका घाइतेमध्ये शिक्षण अस्पतालबाट दुई दर्जनबढी डिस्चार्ज

आन्दोलनका घाइतेमध्ये शिक्षण अस्पतालबाट दुई दर्जनबढी डिस्चार्ज

जेन–जी आन्दोलनका क्रममा घाइते भएका दुई दर्जनभन्दा बढी बिरामी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भई अस्पताल भर्ना भएका ३५ मध्ये १५ जना डिस्चार्ज भइसकेका छन् ।

उक्त अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो भने घाइतेमध्ये २२ जनाको शल्यक्रिया गरिएको छ ।

देशभरको आन्दोलनमा हिजोसम्म ७२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना सुरक्षाकर्मी छन्। त्यस क्रममा घाइते सयौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

टिप्पणीहरू