विपक्षीहरुको छलफलमा रास्वपा नबस्ने, छुट्टै बैठकको तयारी

विपक्षीहरुको छलफलमा रास्वपा नबस्ने, छुट्टै बैठकको तयारी

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । प्रचण्डले माओवादी संसदीय दलको  कार्यालय सिंहदरबारमा बिहान साढे ८ विपक्षी दलको बैठक बोलाएपछि रास्वपाले उक्त जवाफ दिएको हो ।

जेन जी समूहले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाउनुभएको हो ।

यता रास्वपाले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको छ ।

टिप्पणीहरू