‘बर्थ डे’ निम्तोपछि साथीहरुबाटै २० वर्षीया युवती बलात्कृत
भारतको कोलकातामा २० वर्षीया युवतीलाई आफ्नै साथीहरुले बलात्कार गरेका छन् ।
हरिदेवपुर क्षेत्रमा दुई जना साथीले २० वर्षीया युवतीलाई अपहरणपछि बलात्कार गरेको आरोप लागेको छ ।
पीडितले प्रहरीमा दर्ता गरेको जाहेरीअनुसार गएराति आरोपीहरूले उनलाई घरबाट अपहरण गरेर मलान्चा नजिकै लगेका थिए । पटक–पटक बलात्कार गरेपछि उनीहरु त्यहाँबाट भागेको बताइन्छ ।
स्थानीय प्रहरी अधिकारीका अनुसार घटनापछि फरार दुबै आरोपीको खोजी जारी छ । पीडित युवतीको चिकित्सकीय परीक्षण भएको र घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ ।
घटनाक्रमको अनुसन्धानपछि भनिएको छ, ‘आरोपी दुईमध्ये चन्दन मल्लिकले पीडितलाई जन्मदिनको कार्यक्रममा निम्त्याएका थिए । तर, युवती जान मानिनन् । त्यसपछि चन्दन र उसका साथी देबाङ्शु विश्वासले जबर्जस्ती घरबाट अपहरण गरेर मलान्चा क्षेत्र पुर्याएर बलात्कार गरेका हुन् ।’ पीडित घर फर्किएपछि परिवारलाई घटना सुनाएकी थिइन् ।
त्यसपछि परिवारका सदस्यले उनलाई प्रहरी कार्यालय पुर्याएर जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो ।
टिप्पणीहरू