भुसको आगो बन्दै नागाल्याण्डमा एचआईभी एड्स संक्रमण

भुसको आगो बन्दै नागाल्याण्डमा एचआईभी एड्स संक्रमण

भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डमा उच्च दरमा फैलिरहेको एचआईभी संक्रमण नियन्त्रणका लागि दुई महिनासम्म चल्ने सचेतना अभियान थालिएको छ । सरकारी तथ्याङ्क अनुसार १५–४९ वर्ष उमेर समूहका १.३७ प्रतिशत वयस्क उक्त संक्रमणको शिकार बनेका छन् ।

राज्यका स्वास्थ्य अधिकारीहरूले जनचेतना बढाउँदै रोकथाम र उपचारसम्बन्धी जानकारी गाउँ–सहरमा पुर्याउने उद्देश्य राखेको बताएका छन् । स्वास्थ्यमन्त्री पि. पाइवाङ कोन्याकका अनुसार नयाँ संक्रमण घटे पनि स्थिति अझै चिन्ताजनक छ। असुरक्षित यौन सम्पर्कबाट ८५ प्रतिशत, सुईको प्रयोग गर्ने लागूपदार्थ दुर्व्यसनीमा ८.७ प्रतिशत र आमाबाट नवजात शिशु संक्रमणको दर ५.४ प्रतिशत देखिन्छ । 

गत महिनादेखि थालिएको अभियानमा गाउँ सभा, विद्यालय तथा कलेज कार्यक्रम, विशेष परीक्षण शिविर, साइकल र्याली, सांस्कृतिक प्रस्तुति र सामाजिक सञ्जालमार्फत जनचेतना फैलाइएको छ ।अभियानमा राज्यका ५२० गाउँमा जनचेतना फैलाउने लक्ष्य राखिएको छ।

विगतको अभियानमा एक लाख १५ जार ५४१ जनासम्म पहुँच पुर्याएको थियो। यस वर्ष थप संख्याबीच जनचेतना फैलाउने र समाजमा एचआईभीविरुद्ध सहकार्य र बुझाइको संस्कृति स्थापना गर्ने लक्ष्य राखिएको अधिकारीहरुले जनाएका छन् ।

स्रोत : इण्डिया न्युज नेटवर्क ।

टिप्पणीहरू