अख्तियार टोलीले छामेको सुब्बाको खल्तीमा १२ हजार
जिल्ला अदालत बाँकेका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अदालतको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा रामप्रसाद धमला आज घुससहित समातिएका हुन् ।
फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाइएको छ ।
आयोगका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–९, शान्तिनगरस्थित यातायात चोकबाट पक्राउ गरिएको उनीबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू