चीनले सार्वजनिक गरेका यी नयाँ हतियार
ठूला मुलुकहरुको शक्ति संघर्षमा सैन्य शक्ति र हातहतियारले ठूलो अर्थ राखेको हुन्छ । जुन मुलुकसँग बलियो सैन्य शक्ति र अत्याधुनिक हतियार हुन्छन्, विश्वमा उसैको प्रभुत्व कामय भएको देखिन्छ ।
चीन, अमेरिका, रुस, फ्रान्स, जापान, जर्मनी, उत्तर कोरिया, भारतलगायतका देशहरुले बलियो सैन्य शक्ति र हतियारको बलमै आफूलाई ठूलो शक्ति दावी गर्दै आएका छन् । तर यी मध्ये को चाहिँ सबैभन्दा बलियो होला त ? आज बेइजिङमा आयोजित विशाल सैन्य परेडमा सार्वजनिक गरिएका नयाँ हतियारले चीनलाई संकेत गरेको छ ।
जापानी आक्रमणविरुद्धको प्रतिरोध र फाँसीवादविरुद्धको युद्धमा विजयी भएको ८०औँ वार्षिकोत्सको अवसरमा चीनले आयोजना गरेको ऐतिहासिक सैन्य परेडमा जे जस्ता नयाँ हतियार देखिए, त्यसले प्रविधिको उच्चतम प्रयोगलाई झल्काएको छ । परेडको क्रममा सार्वजनिक गरिएको नयाँ हतियारले अमेरिकासहित पश्चिमा मुलुकहरु मात्रै होइन, प्रत्यक्ष अवलोकन गरेका रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनसहित २६ मुलुकका कार्यकारी प्रमुखहरुले समेत आश्चार्य प्रकट गरेको देखिन्छ ।
परेडका क्रममा चीनले सयभन्दा बढी हतियार प्रदर्शन गरेको थियो । ती मध्ये अधिकांश हतियार ६ वर्षअघि (सन् २०१९) जनवादी गणतन्त्र स्थापनाको ७०औँ वर्षगाठमा प्रदर्शन गरिएका हतियारको नयाँ संस्करण थिए । तर केही हतियार यस्ता पनि देखिए, जुन हतियार अहिलेसम्म विश्वका अन्य कुनै मुलुकले बनाउन सकेका छैनन् । अर्थात, प्रविधिमा चीन कुन गतिमा अघि बढेको छ, ती नयाँ हतियारले प्रष्ट पारेको छ । सैन्य परेडमा चीनले पहिलोपल्ट सार्वजनिक गरेका हतियार (जुन कुनै देशसँग छैन)बारे संक्षिप्तमा चर्चा गरौँ ।
चीनले एकै पटक सार्वजनिक गरेको चार प्रकारका हतियार हुन्, वाईजेट-१५, वाईजेट-१७, वाईजेट-१९ र वाईजेट-२० । रकेटजस्तै देखिने यी हतियार जहाजविरोधी मिसाइल फर्मेशनमा आधारित हाइपरसोनिक मिसाइल हुन् । यी हतियारले पानीमुनिको लक्ष्यहरु सजिलै नष्ट गर्ने ताकत राख्दछन् । साथै, आक्रमणका सबै दायरालाई रोक्न त्रि-आयामिक हवाइ सुरक्षा प्रणाली निर्माण गर्न सक्षम रहेको बताइएको छ ।
चीनले सार्वजनिक गरेको अर्को नयाँ हतियार हो, जेएल-१ । आणविक मिसाइल फर्मेशनमा आधारित उक्त हतियार लामो दुरीसम्मको आक्रमणमा प्रयोग गर्न निर्माण गरिएको हाे । परेडमा सोही हतियारका अन्य संस्करण पनि सार्वजनिक गरिएको थियो । जसमा जेएल-३ पनडुम्बीमा आधारित अन्तरमहाद्वीपीय मिसाइल, डिएफ-६१ (भूमिगत मिसाइल) र डिएफ-३१-बिजे छन् । चीनले इतिहासमा पहिलोपल्ट यसरी भूमि, समुद्र र हवाई (तीन युद्ध)मा प्रयोग हुने हतियार एकैचाेटी सार्वजनिक गरेको हो । त्यस्तै, आणविक मिसाइल फर्मेशनमा आधारित डिएफ-५-सी ले संसारभरको जुनसुकै देशसम्म पनि आक्रमण गर्नसक्ने बताइन्छ । यसलाई रणनीतिक हतियारको रुपमा हेरिएको छ ।
चीनले जे-१० एरोब्याटिक विमानहरु पनि पहिलोपल्ट सार्वजनिक गरेको छ । १४ विमान आज बेइजिङको आकाशमा रंगीन धुवाँ फाल्दै आवरण भएका थिए ।
अर्को नयाँ विमान हो, क्यारियरमा आधारित इशेलन-भी । यसका चार विमानलाई क्रमश जे-१५-डिएच, जे-१५-डिटी, जे-१५-टी नाम दिइएको छ । यी विमानहरुले पनि आज स्की-जम्प टेकअफदेखि क्याटापल्ट टेक-अफसम्मको कला प्रदर्शन गरेका थिए ।
चीनले निर्माण गरेको रणनीतिक बमवर्षक विमानहरु पनि आज पहिलोपल्ट सार्वजनिक गरेको छ । ती विमानको नाम क्रमश एच-६-एन, एच-६-के, एच-६-जे राखिएको छ । यी विमानहरु पनि लामो दुरीको आक्रमणमा प्रयोग हुने चीनले जनाएको छ ।
वाईजेट-२१, डिएफ-१७ र डिएफ-२६डी जस्ता हाइपरसोनिक मिसाइलहरु पनि चीनले पहिलोपल्ट सार्वजनिक गरेको छ । यसका पुराना संस्करण सन् २०१९ को सैन्य परेडमा सार्वजनिक गरिएको थियो । यी मिसाइलको मुख्य विशेषता भनेको जस्तोसुकै मौसममा पनि टार्गेट निश्चित गर्ने हो ।
चीनले नयाँ पुस्ताका मोबाइल राडर पनि सार्वजनिक गरेको छ । यी राडारहरूले स्टेल्थ विमान र ब्यालेस्टिक मिसाइलहरू पत्ता लगाउन सक्छन्। साथै, हवाई सुरक्षाका लागि प्रारम्भिक चेतावनी प्रदान गर्ने उनीहरुको विशेषता हो ।
र, चीनले सार्वजनिक गरेको विमानविरोधी युद्ध फर्मेशनमा आधारित एचक्यू-२०, एचक्यू-१९ र एचक्यू-२९लाई पनि शक्तिशाली मिसाइलको रुपमा हेरिएको छ । यी मिलाइहरुले लामो दुरीका ब्यालेस्टिक मिसाइलविरुद्ध सुरक्षा प्रदान गर्न सक्छन् । साथै, हवाई क्षेत्रमा आउने सबै प्रकारका खतराहरूविरुद्ध लड्न सक्ने बताइएको छ ।
यी बाहेक चीनले अन्य दर्जनौ नयाँ हतियार पनि सार्वजनिक गरेक
टिप्पणीहरू