गोरखापत्रमाथि ‘हिन्दूविरोधी’ आरोप
माइतीघरमा ‘गोरखापत्र’ जलाउन खोज्ने क्रममा एकजना राजावादी पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने ३५ वर्षीय सन्तोषकुमार सिलवाल उर्फ सन्तोष राजावादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले आज ‘गोरखापत्र दैनिक’ मा प्रकाशित ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकको समाचारलाई हिन्दू सनातन धर्मविरुद्धमाथिको प्रहार भन्दै विरोध प्रदर्शन गरेका थिए।
विरोधका क्रममा उनले अखबार च्यातेर जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । सन्तोषलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
यसअघि पनि उनी गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक आन्दोलनका क्रममा पक्राउ परेका थिए।
टिप्पणीहरू